करुणा र व्यक्ति- भाग २

त्येक सुख तथा दुखलाई हामी दुई श्रेणीमा विभक्त गर्न सक्दछौं- मानसिक तथा शारीरिक। यी दुई मध्ये मन जो छ, त्यहि सर्वाधिक प्रभावी हुन्छ। जब सम्म हामी अत्याधिक रोग-ग्रस्त हुँदैनौ अथवा जीवनको मुलभूत साधनबाट पूर्ण रुपमा वन्चित हुँदैनौ, तब सम्म हाम्रो जीवनमा शारीरिक अवस्था को भूमिका गौण हुन्छ। यदि शरीर स्वस्थ छ भने हामीलाई यसको केहि पर्वाह हुदैन। तरपनि हाम्रो मनमा प्रत्येक घटनाको छाप पर्दछ, चाहे त्यो कति नै सानो होस। अत: मानसिक शान्ति प्राप्त गर्ने हेतु नै हाम्रो अथक प्रयास हुनु पर्दछ। किनकि प्रेम तथा करुणाकै विकासद्वारा सर्वाधिक आन्तरिक शान्ति प्राप्त हुन्छ। 
हामीले जति धेरै अरुको सुख को चिन्ता गर्छौं, त्यति नै अधिक हाम्रो आफ्नो कल्याण सिद्ध हुन्छ। अरु प्रति स्नेह-सौर्हादको स्निग्ध भावनालाई विकसित गरेको फलस्वरुप चित्त स्व्यमेव शान्ति-सम्पन्न भएर जान्छ। यसबाट समस्त आन्तरिक भय तथा असुरक्षा को भावना आदि दुर हुन्छ तथा समस्त सम्भाव्य बाधाहरु संग लड्न हामी सक्षम हुन्छौं। जीवनमा सफलताको यहि परम स्रोत हो।
सांसरिक जीवनमा समस्याहरु त अवश्य आइ नै रहन्छन। यस्तो समयमा यदि हामी निराश एवं निरुत्साहित भयौं भने यसको सामना गर्ने हाम्रो शक्ति क्षीण भएर जान्छ। त्यसको विपरित, केवल हाम्रो जीवनमा मात्र हैन सबैको जीवन मा यस्तो समस्या आउँछ, यदि यो कुरा स्मरण राख्यौं भने , यस व्यावहारिक दृष्टिकोण द्वारा हाम्रो निश्चय र कठिनाईमा धैर्यधारण गर्ने क्षमतालाई बल प्राप्त हुन्छ। त्यति मात्र हैन, यस्तो दृष्टिकोण रह्यो भने हामीलाई हरेक नयाँ बाधाले मानसिक विकास हेतु नयाँ सुअवसर दिएको प्रतित हुन्छ। 
यस प्रकार हामी पनि बिस्तारै-बिस्तारै अधिक करुणाशील हुने प्रयास गर्न सक्छौं। अर्थात् हामी अरुप्रति सम्यक संवेदनशील भई उनीहरुको दुखलाई अन्त्य गर्ने इच्छा शक्तिको विकास गर्न सक्छौं। फलत: हाम्रो आन्तरिक शक्ति तथा सौम्यता बढ्दछ।

(यसको बाँकी अंश अर्को भागमा)

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि