त्रिशरण

(बुद्धम शरणम गच्छामी – बुद्धको शरणमा जान्छु)

सिद्धार्थ राजकुमार जो आफ्नो सम्पूर्ण राजकीय सुबिधा छोडी मानव मात्रको दुख मुक्तिका लागि अनेक कष्ट र त्याग गरि बोधिज्ञान प्राप्त गरी बुद्ध हुनु भयो । बुद्धको अर्को अर्थ बोधिज्ञान हो 
। यस कारण बुद्धको शरणमा जान्छु भन्नु नै बोधिज्ञान को बाटोमा हिंड्छु भन्ने अर्थमा लिनु पर्दछ 
। उहाँ हाम्रो मार्गदर्शक हुनुहुन्छ। उहाँले यस लोक र परलोक दुबैमा सुख शान्तिको उपाय मात्र दिनु भएन ,अपितु परम शान्ति पाउने निर्वाण समेतको मार्ग देखाउनुभयो । उहाँ राग , द्वेष तथा मोह माथि विजय पाई सम्पूर्ण क्लेशहरुबाट मुक्त हुनु भएका , कहिल्यै गुप्त पाप नगर्ने (अर्हतपुरुष ) हुनुहुन्छ। उहाँको यस्ता गुणहरुको स्मरण गर्नु यी विशेषता भएका महामानवको शरणमा जान्छु भन्नु नै बुद्धको शरणमा जानु हो । 
धर्मम शरणम गच्छामी (धर्मको शरणमा जान्छु )
बुद्धले देखाउनु भएको जुन यस लोक परलोक सबैमा सुख शान्तिपूर्ण रहन पाउने जसले दुख मुक्तिको परम शान्तिको निर्वाण समेत पुर्याउने उहाँद्वारा भनिएका वचनहरुको समुहलाई तथा उहाँद्वारा यसका निमित्त चाहिने नियम आचारहरुको शरणमा जानु हो । मुलत: शील भावना तथा 
शील समाधि प्रज्ञालाइ नै धर्म भनि बुझ्नु पर्दछ । यसको अभ्यास र प्राप्ति गर्नु नै धर्मको शरणमा जानु हो । जसले आदि मध्य तथा अन्तसम्म कल्याण गर्दछ ।

सार संक्षेपमा चित्रलाई शुद्ध गर्नु , पाप कर्मबाट बच्नु, कुशल (सहि ) कर्म गर्नु यहि अभ्यासमा 
लाग्नु नै धर्म शरण हो । 
संघम शरणम गच्छामी (संघको शरणमा जान्छु )
बुद्धले ज्ञान प्राप्त गरिसकेपछि सम्पूर्ण मानव जगतलाई दुख मुक्तिका लागि ज्ञान प्रकाश पारेपछि यस मार्गमा लागेका सम्पूर्ण बिगत तथा बर्तमान सदस्यहरुको समुह नै संघ हो वा जसमा उहाँको बुद्ध सहित सम्पूर्ण ज्ञानलाभी अर्हतदेखी हाल रहनु भएका सम्पूर्ण भिक्षु – भिक्षुणीहरुको समूह संघ हो ।अर्को शब्दमा मन शुद्धितिर लागेका दानशिल समाधि प्रज्ञाको अभ्यासमा लागेका सम्पूर्ण प्रज्ञावादी समूह नै संघ हो । बुद्धले आफ्नो उपदेशमा संघको धरै ठाउँ प्रशंसा गरेको पाइन्छ । उहाँ भन्नुहुन्छ “संघे दिन महाफल” अर्थात् संघलाई दान दिनु महाफल प्राप्त हुन्छ । “सुख संघस्स सामगी” अर्थात् सहि उद्श्य लिएर संगठित हुनु सुखकर छ। जो यस्ता लोककल्याणकारी संघको सदस्य हुन्छ , यस समुहलाई गौरब गर्छु भन्नु संघको शरणमा जानु हो ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि