बुद्ध र अलौकिक शक्ति

ध्यान साधना का क्रममा आम व्यक्ति भन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन। समाजमा बेलाबेला विज्ञानले तत्काल ल्याउन नसक्ने प्रकृतिका घटना हुन्छन् । जसलाई चमत्कार वा अलौकिक जस्ता विशेषण दिन हतार गरिन्छ ।

Image result for google boy nepal

गूगल बुवाई’ का रूपमा प्रचारित काठमाडौंका आदित्य दाहाल नामका बालक एउटा यस्त उदाहरण हुन् । उनको नाममा सरकारले रु.१ करोड दिएपछि यसको औचित्यबारे प्रश्न पनि उठ्यो । ६ महीनासम्म निराहार तपस्या बसेको भनिएका रामबहादुर बम्जन यस्तै अर्को उदाहरण हुन् । कतिले त उनलाई ‘लिटिल बुद्ध’ भन्न समेत भ्याए ।

Related image

साधारणतया पत्याउन गाह्रो हुने यस्ता घटना अन्यत्र मात्र नभई बुद्ध र बौद्ध धर्मका प्रसंगमा पनि छन्। कतिपय वैज्ञानिकले बौद्ध धर्म लाई आधुनिक विज्ञान संग नजिकको धर्म भनेको कारण यस्ता विचित्रका कुरालाई पछि सिर्जित वा अन्धविश्वास मान्नेहरू पनि छन । तर बुद्ध र बौद्ध धर्मलाई बुझ्न यी कुरालाई निषेध गर्न सकिदैन । बौद्ध धर्मदर्शनको मूल तत्व नै प्रतीत्यसमुत्पाद हो, जसले प्राणीको जन्म र मृत्युको चक्रलाई चित्रण गर्दै त्यसको कारण बताउँछ । कुनै पनि घटनाको पछाडि कारण हुन्छ, त्यो कारणलाई नष्ट गर्न सके मात्र भवचक्रको अन्त्य हुने सिद्धान्त नै गौतम बुद्धको मौलिक खोज हो । यस अनुसार पूर्व जन्म र पुनर्जन्मको कुरा नकार्न मिल्दैन । बौद्ध धारणा अनुसार मानिसको मृत्युपछि कहिले, कहाँ र कुन योनिमा जन्म हुन्छ भन्ने कुरा उसले जीवनमा गरेको राम्रा वा नराम्रा कर्ममा निर्भर हुन्छ । पुनर्जन्मको बारेमा बेलाबेला देश-विदेशमा असाधारण प्रसंग बाहिर आउछ। यदाकदा बालबालिकाले पूर्वजन्ममा म यस्तो र उस्तो थिएँ भनी वर्णन गरेका घटनाहरू पूर्वीय समाजमा मात्रै नभई पश्चिम मुलुकहरूमा पनि पाइन्छन् । पूर्व जीवनमा कुनै प्रभावशाली लामा भिक्षु रहेको व्यक्तियों पुनर्जन्म भएछ भंते तिब्बती बौद्ध समाजमा उसलाई ‘टुल्कु भनिन्छ । तर ‘टुल्कु हुँदैमा साधनामा विशेष अर्थ नराखने भएका कारण सोही समाजमा पनि यसको औचित्यमाथि प्रश्न उठ्ने गर्छ । यस्तो पुनर्जन्मलाई सामान्यतया ‘अवतारी’ भनिएको पाइन्छ तर यो शब्द बौद्ध दृष्टिले उपयुक्त मानिदैन । बौद्ध इतिहासमा ‘सिद्ध परम्परा चर्चित छ । मुख्यतया ८४ जना सिद्धको उल्लेख हुने गरे पनि ती बाहेक अरू सिद्ध पनि हुन्छन् । सिद्धहरूका बारेमा तिलस्मी करा सुनिन्छन् । हावामा उड्ने, तत्क्षण का ठाउँमा पुग्ने, पूर्वजन्मको कुरा बताउन सक्ने लगायत क्षमता अलौकिक लाग्छन् । यस्ता घटनामा स्वयं गौतम बुद्ध पनि सरिक भएका विभिन्न प्रसङ्ग पाइन्छन् । यसलाई बौद्ध समाजमा ‘ऋद्धिप्रतिहार्य प्रदर्शनी’ भनिन्छ । गौतम बुद्ध त्रायंतीश देवलोंकमा गएर माता मायादेवी लाई उपदेश दिए को, उतै तीन महीना बसेर संकाय (भारत) गरेको घटनालाई बौद्ध समाज के अलौकिक व तिलस्मी मान्दैन । ‘त्रिपिटक’ अन्तर्गतका दुई ग्रन्थ ‘थेरगाथा’ र ‘थेरीगाथा’ बद्धकालीन प्रभावशाली भिक्षु-भिक्षुणीहरूले बुद्धको आज्ञा अनुसार बुद्धकै समक्ष गरिएको ‘ऋद्धिप्रतिहार्य प्रदर्शन को वर्णन हो । सबै बौद्ध सम्प्रदायका ग्रन्थहरूमा यस्ता ऋद्धिप्रतिहार्यको घटना सामान्य रूपमा उल्लेख गरिएका छन् । बौद्धहरू साधनाका रूपमा ध्यान गर्ने। ध्यान की विभिन्न तह पार गर्दै जाँदा ऋद्धि (अलौकिक शक्ति) क्षमता प्राप्त हुन्छ । बुद्धत्व प्राप्ति अघि सिद्धार्थ गौतमले ध्यानकै क्रममा यस्तो अद्धि प्राप्त गरेको वर्णन भेटिन्छ । त्यसै क्रममा उनले एकपछि अर्को गर्दै अनेकौं पूर्वजन्मबारे थाहा पाएका थिए, र अन्तिममा मात्रै बुद्धत्व प्राप्त भएको थियो । साधारण भिक्षुहरूले पनि ध्यान को बलमा ऋद्धि प्राप्त गर्द अन्तत: महत्व (श्रावक बुद्ध) प्राप्त गरेको कुरा बौद्ध ग्रन्थ हरु मा पाइन्छ । बुद्धले भिक्षु-भिक्षुणीहरूलाई ऋद्धि जहाँसुकै प्रदर्शन गर्दै हिंड्न प्रतिबन्ध लगाएको घटना भने मनन योग्य छ। ऋद्धि का दुरुपयोग नहोस् भनेर प्रतिबन्ध लगाइएको थियो । तत्कालीन समाजमा बौद्ध भिक्षु तथा भिक्षुणी बाहेक अन्य सम्प्रदाय पनि ऋद्धि प्रदर्शनको प्रचलन थियो र यसको प्रतिस्पर्धा नै चल्थ्यो। ऋद्धि क्षमता भएकाहरूले सर्वसाधारणलाई चमत्कृत पारी समाजमा वाहवाही पाउने भएकाले थप साधनामा नलागी त्यसैमा रुमल्लिने प्रवृत्ति थियो । यसको अर्थ, साधनाको क्रममा प्राप्त हुने ऋद्धिवल बाइप्रोडक्ट’ मात्रै हो । एउटै परिवेशमा जन्मेहुर्केका मानिस पनि फरक विशेषता र क्षमता को हुन्छ । यसलाई बौद्ध धर्म के स्वाभाविक मान्छ । तर, यही क्षमतालाई भजाएर खानु वा प्रतिष्ठाको विषय बनाउन बौद्ध दृष्टिकोण निष्क्रिय हुनु हो। ध्यान साधना का क्रममा साधकलाई आम व्यक्ति भन्दा फरक अनुभूति हनु अलौकिक र असाधारण कुरा होइन । तर, साजमा यसैलाई विशेष मानेर चर्चा गरिन्छ । बौद्ध तथा गैरबौद्ध समाजमा पाइने यस्ता अनौठा पात्रभन्दा कैयौं गुणा बढी क्षमता भएका धर्मगुरु र साधकहरू चुपचाप साधना गरिरहेका हुन्छन् ।

साभार: हिमाल पत्रिका (वसन्त महर्जन)

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि