बौद्ध ङिङ्मा सम्प्रदायका प्रमुख गुरु काथोक घेचे रिन्पोछेको दुर्घटनामा परि निधन

बौद्धधर्म अन्तर्गत ङिङ्मा सम्प्रदायका सातौँ अध्यक्ष काथोक घेचे रिन्पोछेको दुई दिन अघि काठमाडौं शहरबाट एक घण्टा बाहिर तर्फ हात्तीवनमा एउटा दुर्घटनामा परी ६४ वर्षको उमेरमा निधन भयो। घ्युर्मे तेन्पा घ्याल्छेन भन्ने नामले पनि परिचित घेचे रिन्पोछे गत माघ महिनामै भारतको बोधगयामा हुने वार्षिक पर्व २९औँ ङिङ्मा मोन्लाम विश्व शान्ति महापुजाको बेला ङिङ्मा सम्प्रदायका अध्यक्ष नियुक्त हुनुभएको थियो। उहाँले ३ वर्षको लागि अध्यक्षता ग्रहण गर्नुभएको थियो जसको पछि कुनै अर्को प्रमुख गुरुलाई फेरी तीन बर्षको लागि त्यो पद सुम्पिने थियो। सन १९५४ मा तिब्बतको गोलोकमा जन्मनुभएको घेचे रिन्पोछे १६ औँ कार्मापा लगायत अन्य तत्कालीन प्रमुख गुरुहरुद्वारा तेस्रो काथोक घेचे रिन्पोछे, “घ्युर्मे तेन्पा नाम्ग्याल”को चौथो अवतारीको रुपमा पहिचान गरिएको थियो, जसको देहान्त सन १९५२ मा भएको थियो।

सानो उमेर छँदा देखि नै परम पुज्यनिय १४औँ दलाई लामा लगायतका गुरुहरुसँग अध्ययन तथा अभिषेकहरु ग्रहण गर्नुभयो। सन १९९७ मा निर्वासनमा आएपछि घेचे रिन्पोछेले नेपालमा आएर धेरै वर्षसम्म गुफा बस्नुभयो। त्यसबखत ङिङ्मा सम्प्रदाय अन्तर्गत पर्ने काथोक रिठोए गुम्बाको पनि अध्यक्षता धारण गर्नुभयो। परमपुज्यनीय १४ औँ दलाई लामाले घेचे रिन्पोछेको बारेमा लेख्नु भएको टिप्पणी: “काथोक घेचे रिन्पोछेले उहाँको पूर्व अवतारहरू जस्तै तिब्बतको पहिलो बौद्ध सिद्धान्त ङिङ्माको धर्मज्योति उदयमान गर्नुभएको छ र बुद्धशासनको जीवन्त उदाहरण हुनुहुन्छ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि