स्वयम्भुनाथ- छोटो परिचय

स्वयम्भूनाथ काठमाडौं शहरको पश्चिम तर्फ डाँडामा अवस्थित काठमाडौं उपत्यका भित्रको एउटा प्राचिन कला-सम्पदाको नाम हो। तिब्बती भाषामा यस स्थलको नाम “फाग्पा शिङ्कुन” अथवा (सर्वोत्तम बृक्षहरू) भनिन्छ, जुन त्यहाँ पाइने विभिन्न प्रजातिका रुखहरुले जनाउँछ। यद्धपी शिङ्कुन चाहिँ स्थानीय नेपाल भाषाको मिश्रित “सिङ्गु” को अपभ्रंश पनि हुनसक्छ, जसको अर्थ स्व मुहान हुन्छ।

मिथोलोजी(Mythology)
स्वयम्भू पुराणका अनुसार कुनै समय काठमाडौ उपत्यकाभरि नै एउटा विशाल ताल थियो जसको बीचबाट एउटा कमलको फुल उम्रेको थियो। यस
उपत्यकालाई स्वयम्भू भनेर चिनिन थाल्यो, जसको मतलब हुन्छ “आफै उत्पत्ति भएको”। र यो स्वयम्भु नाम त्यहाँ अवस्थित स्वयं उत्पन्न भएको अग्निको कारण ले राखिएको हो, जसको माथि पछि एउटा स्तुपा बनाइयो।
स्वयम्भुनाथ लाई मङ्की टेम्पल(monkey temple) अथवा बाँदर मन्दिर पनि भनिन्छ किनकी यस मन्दिरको उत्तर-पश्चिम दिशामा पवित्र बाँदरहरु बस्दछन्। तीँ बाँदरहरु पवित्र छन् किनकि ज्ञानको मालिक बोधिसत्व मञ्जुश्रीले त्यसबेला पहाड निर्माण गरिरहनुभएको थियो जसको माथि आज स्तुपा अवस्थित छ। उहाँले आफ्नो केश छोटो राख्नुपर्नेमा बढाएर लामो हुन दिनुभयो र उहाँको केशभित्र जुम्रा उम्रिन थाल्यो। र भनिन्छ पछि त्यही जुम्रा हरु बाँदरमा परिणत भए।
मञ्जुश्रीले स्वयम्भूमा अवस्थित कमलको दिव्यदृष्टि देख्नुभयो र त्यहाँ उपासना गर्नकोलागि भ्रमण गरेर पुग्नुभयो। यस उपत्यकामा राम्रै बस्ती बचाउन सकिने सम्भावनालाई देखेर र यस विष्टलाई धेरैभन्दा धेरै मानव तीर्थयात्रीहरुलाई सुगम्य बनाउनका लागि चोभार डाँडालाई काट्नुभयो। त्यसपछि त्यो विशाल तालको पानी उपत्यकाबाट निकास भयो जुन ठाउँमा आज काठमाडौ अवस्थित छ। त्यसपछि कमलको बोट पर्वतमा परिणत भयो र फुल स्तुपामा परिणत भयो।

स्वयम्भूनाथ नेपालको सबैभन्दा पुरानो धार्मिक तीर्थस्थलहरु मध्ये एक हो। गोपालराजवंशावली अनुसार यो राजा मानदेवको हजुरबुवा राजा वर्षदेव द्वारा पाँचौ शताब्दीको शुरुतिर बनाइएको हो। यो तथ्य त्यहाँ फेला परेको भत्किएको शिलालेख बाट पुष्टि हुन्छ जसले राजा वर्ष देव द्वारा सन् ६४० भित्रमा कार्य समाप्तिको हुकुम गर्नुभएको कुरा निर्दिष्ट पार्दछ।

तथापि सम्राट अशोकले तेस्रो शताब्दी ईसा पूर्व स्वयम्भूनाथको भ्रमण गर्नुभएको कुरा पनि उल्लेखित छ जहाँ उहाँले पर्वतको टुप्पोमा मन्दिर निर्माण गर्नुभयो जसलाई पछि भत्काइयो। यस स्थललाई बुद्धिष्ट तीर्थस्थलको रुपमा चिनिएको भएतापनि बुद्धिष्ट र हिन्दू धर्मावलम्बीहरु दुवै द्वारा एकदमै श्रद्धा अर्पण गरिन्छ। धेरै हिन्दू राजाहरुले यस मन्दिरलाई सम्मान टक्राएको कुरा पनि उल्लेखित छ, जसमध्ये काठमाडौंका प्रतापी राजा प्रताप मल्ल पनि पर्दछन्, जो सत्रौं शताब्दीमा स्वयम्भूको पूर्वपट्टि निर्मित खुड्किलोको पनि जिम्मेवार हुनुहुन्छ।

शिल्पकला(Architecture)
यो स्तुपाको जग गुम्बजले युक्त छ जसको माथि चारै दिशातिर हेरिरहेको बुद्धको नेत्र सहित घनाकारी संरचना चित्रित छ। त्यसको माथि चारै दिशामा पँचकोणी तोरण पनि राखिएको छ जसमा मूर्तिहरु पनि कुँदिएका छन्। त्यहाँ तोरण को पछाडी र माथि तेह्रवटा पङ्क्तिहरू पनि राखिएका छन्। ती सबै पंक्तिहरूको माथि सानो खाली ठाउँ छ र त्यसको माथि चाहिँ गजुर अवस्थित छ। यस गजुरको भित्र धेरै शस्त्रास्त्रहरु छन्।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि