स्वयम्भू र बौद्ध स्तुपमा देखिने दुई आँखाको अर्थ

लामा सांगे लेग्देन भूपेन
महा स्तुप स्वयम्वु तथा बौद्ध आदि स्तुपाहरुमा देखिने दुई  आखाको बारेमा अनेकौं भनाइ तथा अन्दाज हरु सुन्न पाईन्छ अनि आआफ्नै व्याख्या पनि । तर ती नेत्रको एक अर्थ चाहिँ बौद्ध शिक्षाको महत्त्वपूर्ण अभ्यासको १० पारमिता मध्ये उपया तथा प्रज्ञाको प्रतिक पनि हो ती दुई आँखा ।

जसको सिदै छोटकरी अर्थ हुन्छ यथार्थ अनेकौं उपायको माध्यमले वास्तविक प्रज्ञा उजागरमा हामी जोकोही पनि बुद्ध बन्न सक्छौ भन्ने तथा प्रज्ञा बिना सम्पुर्ण जगत तथ्यमा जानकार हुन नसक्ने हुदा उपाय द्वारा प्रज्ञाको महत्त्व पनि दर्शाउछ् ।

१) उपया भन्नाले हामी प्रत्येक प्राणीमा (तथागत गर्व) अर्थात् बुद्ध बन्न सक्ने क्षमता हुन्छ तर हामी संसारिक प्राणीमा विभिन्न प्रपञ्चको चित्तले रुप स्पर्श संज्ञा जस्तोमा तिप्त हुँदै, कुरा कहानी बुझाई भाषा धारणा पक्ष विपक्ष आदिमा लाग्नाले,, यहाँ कहिले पनि पुर्णरुपले सन्तष्ट या सहमत हुदैन |

07 MARCH 2017 – KATHMANDU, NEPAL: Buddhist monks perform a consecration ceremony at Boudhanath Stupa. Boudhanath Stupa, the most important Buddhist site in Nepal and a popular tourist attraction, was consecrated Tuesday in a ceremony attended by thousands of Buddhist monks and Buddhist people from Nepal and Tibet. The stupa was badly damaged in the 2015 earthquake that devastated Nepal. The stupa, which reopened in November 2016, was repaired in about 18 months. The repair was financed by private donations raised by international Buddhist organizations. PHOTO BY JACK KURTZ

कोही न कोही असन्तुष्टि असहमत बिरोध त जहि कहि हुन्छ नै संसारमा, यस्तैले जन्माएको तृष्णा वाशनाले क्षणिक सपना झै सुख आनन्द अनि दीर्घकालीन दुख कष्ट हैरानीले संसार दुःखदायी छ एक अकाट्य सत्य ।

दुख हामी आफ्नै तृष्णा क्लेश तथा कुकर्म हरु बाट आउछन् । यो तृष्णा क्लेश नै दुखको कारण हो । यसलाई निर्मूल पार्न सके हामी स्वयं बुद्ध भन्न योग्य छौ ।

तर भनेको पढेको झै सजिलो छैन,यो तृष्णा क्लेश त्याग्नलाई ,अहिले कलियुगमा ।दशकौंदेखिको साधना त्याग समर्पण मैत्री तथा करुणाभाव तथा अनेकौं पारमिताको अभ्यास कल्पौ कल्प गर्नाले पनि कठिन हुन्छ यो क्लेश तृष्णा त्याग्न ।

तर प्राणीको उद्धार तथा भलोको लागि । तथागत बुद्ध भगवानले यो तृष्णा क्लेश त्याग्ने उपयाको संग्रह चौरासी हजार धर्म स्कन्धहरु बताउनु भएको छ । यो सबै ग्रन्थको मर्म क्लेश तृष्णा त्याग्ने उपया संगै सम्बन्धित छ।

अनि बुद्धको प्रख्यात ,चेला हरुले पनि यीनै क्लेश तृष्णा त्याग्ने उपाय हरु प्राणीहरुको इन्द्रिय धातु क्षमाता अनुसार कसैलाई माला जप ,ध्यानमा, भजनमा, पुजा श्रद्धा, उपवाश तथा शील पालनामा पुण्य सञ्चय आदि हुदै उपायमा क्लेस तृष्णा त्यागमै अग्रसर गराएको पाउछौँ ।

यस्तो अनेकौं तरिका उपायको माध्यम बौद्ध शिक्षाको सारत्व नै क्लेश तृष्णा त्याग हो । त्यसैको एक प्रतीक , ती स्तुपामा देखिने दुई मध्ये एक आखाको अर्थ हो उपया ।

२) दोश्रोको अर्थ हो प्रज्ञा । प्रज्ञा भन्नाले जान्नु बुझ्नु थाहा पाउनु हो । संक्षेपमा भन्नू पर्दा प्रज्ञा दुई प्रकारको हुन्छ लौकिक र लोकोत्तर प्रज्ञा ।

पहिलो लौकिक चाहिँ शब्द भाषा शिल्प आदि विद्या व्यवस्थापन कला साहित्य देखि आधुनिक विज्ञानको ज्ञान जानकार हुनुलाई लौकिक विद्या भन्दछ ।

लोकोत्तर भन्नाले धर्म अर्थ सुनेर दुनियाँको सर्व बस्तुको उत्पादन देखि समापन सम्मैको एकअर्कामा निहित भएको। संसार कसैको सृष्टि जयजयकार हैन कार्य अनुरुपको क्रिया भएको अनुभुती थाहा पाएर त्यसलाई चिन्तन मनन् गरि दुनियाँमा केही पनि नित्य निरन्तर छैन सदैव एकै बस्तु कहिले पनि उपलब्ध हुदैन र सिद्ध पनि छैन, भन्ने भावमा गहिरो ध्यानमा ,उदाउने सर्वबस्तुको स्वभाव सुन्यताको परमार्थ सत्य पहिचान गर्न सक्ने चाहिँ वास्तविक अवलोकन देख्न सक्ने चक्षु (आखा) प्रज्ञा हो ।

प्रज्ञा मिथ्या भाव दृष्टिलाई निराकरण गर्ने एक विशिष्ट पक्ष हो। परमार्थ शून्य, सत्यलाई यथार्थ रुपमा बोध गराउने मात्र प्रज्ञा हो। यसैको प्रतीक हो अर्को एक (आँखा) नेत्रको अर्थ प्रज्ञा ।

साभार : Nepal Buddhist News

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि