बुद्ध सम्बन्धि भ्रम

आनन्द पोखरेल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २७ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सम्बोधन गर्दै भने, ‘हामी त्यो देशको बासिन्दा हौं, जसले संसारलाई युद्ध होइन, बुद्ध दियो ।’ सम्बोधनका क्रममा त्यत्तिकै भावनामा बहकिएर आएका वाणी थिएनन् ती । न झुक्किएर फुत्त निस्किएका वाक्य नै थिए । ती थिए, गौतम बुद्ध भारतमै जन्मेको सन्देश अन्तर्रा्ष्ट्रिय जगतमा प्रवाह गर्ने योजनाबद्ध अभिव्यक्ति । जसमा प्रयोग भयो– महासभाको मञ्च । मोदीबाट भएका यो घटना पहिलो होइन, यस अघि पनि उनले जापान र युरोपको मञ्च यसैगरी प्रयोग गरे ।

अहिले मोदीले राष्ट्र संघको महासभामा गौतम बुद्ध सम्बन्धी उच्चारण गरेको वाक्यांश विश्वभर चर्चामा छ, जसले गौतम बुद्धको जन्मको विवादलाई पुनस् सतहमा ल्याइदिएको छ । बुद्ध र बुद्ध दर्शनमाथि आस्था राख्ने विश्वभरका बौद्धमार्गीका लागि यो चिन्ताको विषय हो । स्वीडेनस्थित अपसाला विश्वविद्यालयका प्राध्यापक अशोक स्वेनले राष्ट्र संघको महासभामा गौतम बुद्ध जन्मको सम्बन्धमा मोदीबाट सम्बोधित भाषण विरुद्ध आलोचना गर्दै ट्वीट नै गरे, ‘संयुक्त राष्ट्र महासभाको आफ्नो भाषणमा मोदीले विश्वलाई भारतले बुद्ध दिएको दाबी गरे । बुद्ध भारतमा होइन, नेपालको लुम्बिनीमा जन्मेका हुन् । मोदीबाट भएको इतिहासको विकृति लाजमर्दो विषय हो ।’

सत्य प्रोफेसर स्वेनकै ट्वीट हो । यसका लागि धेरै टाढा जानै पर्दैन, संयुक्त राष्ट्र संघकै तथ्य अध्ययन गरे पुग्छ । जसलाई विश्वले समेत अनुमोदन गरिसकेको छ । बैसाख शुक्ल पूर्णिमा गौतम बुद्धको जन्म दिन हो । यही दिन राष्ट्र संघले प्रत्येक वर्ष ‘बैसाख डे’ मनाउँछ । जसको सम्पूर्ण संयोजन राष्ट्र संघस्थित नेपाल डेक्सले गर्छ । ‘बैसाख डे’ नेपालको हो, भारतको होइन । बुद्ध नेपालमा जन्मको पुष्टि गर्न योभन्दा ठूलो प्रमाण के हुनसक्छ ?

बुद्धको जन्म सम्बन्धमा राष्ट्र संघ अन्तर्गतकै युनेस्कोले तयार पारेको अध्ययन प्रतिवेदन पनि यसको दरिलो प्रमाण हो, जसले गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य फेला पारेको थियो । यसका लागि युनेस्कोले पुरातत्त्वविद् नेपालको लुम्बिनी पठायो । उनीहरूले लुम्बिनी आसपासका अनेक क्षेत्र उत्खनन गरे । उत्खननबाट शाक्यमुनीको दरबार लुम्बिनीमै रहेको पुष्टि भयो । यस क्रममा बुद्धले प्रयोग गरेका गुम्बा, ध्यान गरेका स्थान, बालापन बिताएका क्षेत्र फेला परे । अथक अनुसन्धानपछि अन्ततस् बुद्ध लुम्बिनीमै जन्मेको पुष्टि भयो । युनेस्कोको यो तथ्य अहिले पनि वेबसाइटमा अध्ययन गर्न सकिन्छ ।

यही सन्दर्भमा मौर्य वंशीय सम्राट अशोक (२६८–२३२ बीसी) ले लुम्बिनीमा स्थापना गरेको अशोक स्तम्भमा उल्लेखित विवरण यहाँ सान्दर्भिक देखिन्छ । सम्राट अशोक भारतका सिकन्दर थिए । युद्धपछिको ह्याङओभरबाट मुक्ति पाउन उनी लुम्बिनी आए । आफ्नो नाममा स्तम्भ बनाए । सोही स्तम्भमा उनले गौतम बुद्ध लुम्बिनीमै जन्मेको भनेका छन् । छैठौं शताब्दीको उत्तरार्ध्तिर चिनियाँ तीर्थयात्री ह्विन चाङ नेपाल आए । उनले पनि गौतम बुद्ध नेपालमा नै जन्मको भनेका छन् ।

यी तथ्य’bout विश्व जानकार छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जब अन्तर्रा्ष्ट्रिय मञ्चमा पुग्छन्, त्यसबेला मञ्चको दुरुपयोग गर्दै सधैं भन्ने गर्छन्, ‘गौतम बुद्ध भारतमै जन्मेका हुन्, नेपालमा जन्मेको त सिद्धार्थ गौतम मात्रै हुन् ।’ यही तर्कका आधारमा भारतीय प्रधानमन्त्री मोदी भन्न सक्छन् ? ‘हार्वर्ड युनिभर्सिटीमा पीएचडी गरेका भारतीय, भारतीय नभई अमेरिकी हुन् । अक्सफोर्ड विश्व विद्यालयबाट उच्चशिक्षा हासिल गरेका भारतीय ब्रिटिस हुन् ?’

मिथमा आधारित रोचक तथ्य
गौतम बुद्धको जन्मका सम्बन्धमा केही मिथ यस्ता छन्, जुन संसारभर चर्चित छन् र पाली भाषामा लेखिएका छन् । यसले के पुष्टि गर्छ भने गौतम बुद्ध केवल भौतिक रूपमा जन्मेका थिएनन् । उनी आध्यात्मिक रूपमै जन्मेका थिए । जन्मे बित्तिकै सात पाइला हिँडेर औंला ठड्याउँदै ‘म संसारको भ्रातृत्व विकासका लागि जन्मेको हूँ, मपछि अर्को बुद्ध हुने छैन’ वाणी हुनु यसैको उदाहरण हो । यो तथ्य अहिले पनि हामी लिखित रूपमा भेट्न सक्छौं ।

जन्मेको सात दिनपछि आमा मायादेवीको मृत्यु भयो । उनी दरबारमै हुर्के । बढे । दीक्षित भए । तर उनको क्रियाकलाप अलौकिक किसिमका थिए । उनी पटक–पटक दरबार बाहिर निस्कन्थे । बाटोमा गरिब देख्थे । रोगी, बूढा र निमुखा देख्थे । मृत्यु भएको मानिस भेट्थे । यसले उनलाई दुस्खी बनाउँथ्यो । यी घटनाले उनको मनमा अनेक प्रश्न जन्माउँथ्यो । मानिस किन मर्छन् ? किन दुस्खी र गरिब हुन्छ ? मानिस बूढो र रोगी किन हुँदा हुन् ? यस्ता प्रश्न सधैं उनको मनभित्र घुमिरहन्थ्यो ।

उनले दरबारको विभेद देखे । यो दुस्खबाट मानिसलाई कसरी मुक्ति दिन सकिन्छ ? यसैको खोजीका लागि उनी दरबारको सबै वैभव त्याग्न तयार भए । यो क्रियाकलापबाट उनको बुबा राजा शुद्धोदन खुसी थिएनन् । उनी छोरालाई यसबाट मुक्त गर्न चाहन्थे । राजकाजमा लगाउन चाहन्थे । चक्रवर्ती सम्राट बनाउने उनको योजनामा थियो । तर यसतर्फ सिद्धार्थ गौतमको कुनै रुचि थिएन ।

यस्ता क्रियाकलापबाट आजित राजपरिवारले उनलाई मुक्त गर्न अनेक प्रयत्न गरे । मोजमस्तीमा डुबाउन खोजे । नाचगानमा भुलाउन खोजे । धाइ सुसारेको सुविधामा राख्न खोजे । सुरा–सुन्दरीको चौघेरामा कैद गर्न खोजे । विवाह बन्धनमा बाँधे । तर उनलाई यीमध्ये कुनैले असर गरेन । उनी मानवलाई दुस्खबाट मुक्ति गर्ने बाटोतर्फ नै मोडिन खोजे । अन्ततस् २९ वर्षको उमेरमा उनले दरबार त्यागे । जुन बेला उनी भर्खर मात्रै बाबु बनेका थिए ।

यी विविध क्रियाकलापले पुष्टि गर्छ कि गौतम बुद्ध जन्मँदै अलौकिक थिए । सिद्धार्थ गौतमकै बेलामा उनीभित्र बुद्धत्व विकास भएको थियो । भारतको बोध गयामा गएर त उनले बुद्धत्वको घोषणामात्रै गरेका हुन् ।

दरबार छाडेपछि ६ वर्ष उनी तपस्यामा लिन भए । यस क्रममा संसार हेरे । बुझे । बल्ल उनले ज्ञान प्राप्तिको घोषणा गरे । त्यो ठाउँ थियो, भारतको बोध गया । त्यसो हुँदा गौतम बुद्धले बोध गयामा त ज्ञानको घोषणामात्रै गरेका हुन् । बुद्धत्व त उनीसँग जम्नसिद्ध थियो । लोभ नगर्नु, हत्या नगर्नु, परस्त्रीमाथि आँखा नलगाउनु, साँचो बोल्नु, परिवार र सम्पत्तिमाथि आशक्ति नगर्नु । जसलाई उनले दुस्खका कारण भनेका छन् ।

यही सन्दर्भमा नेपाल सरकारले २०७३ मा बुद्ध सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन गर्‍यो । यस क्रममा २९ वटा मुलुकका प्रतिनिधि आए । धेरै मुलुकबाट सरकार प्रमुख आए । सोही अवसरमा सातबुँदे घोषणापत्र जारी भएको छ । जसमा ‘लुम्बिनी द बर्ड प्लेस अफ गौतम बुद्ध’ भनिएको छ । त्यसमा भारतको इन्टर नेसनल बुद्धिष्ट कन्फरेन्सका तत्कालीन महासचिव ललित सिंहले समेत हस्ताक्षर गरेका छन् ।

त्यसो हुँदा मोदीले भनेजस्तो नेपालमा सिद्धार्थ गौतम र भारतमा गौतम बुद्ध जन्मेको होइनन् । सिद्धार्थ गौतम या गौतम बुद्ध जे भनौं बुद्ध दर्शनको जन्म नेपालमा भएको हो । जसको विकास गौतम बुद्धले गरेका हुन् । कान्तिपुर दैनिकबाट

लेखक पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि