सातसय वर्ष भन्दा पुरानो लामागुरुको खप्पर

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका वडा ४,सेलाङकट्टी गाउँमा पुरानो कलात्मक साङछ्योलिङ गुम्बा छ ,जहाँ दिनहुँ एउटा मानव खप्परको पुजा हुन्छ । करिब ७ सय वर्ष भन्दा पुरानो मानिने कलात्मक (तालुको भाग) ‘नम्देन्’ खप्परलाई बौद्ध र हिन्दु धर्मका समुदायले देवताको रुपमा पुज्दै आइरहेका छन् ।

साङछ्योलिङ गुम्बाका प्रमुख लामा साङदोर्जे लामाकाअनुसार खप्पर बौद्धधर्मका सिद्ध गुरु लामाको भएकाले देवताझैं पुज्ने परम्परा सातसय वर्षदेखि नियमित रुपमा चल्दै आइरहेको छ। खप्परले छोएमात्रै रोग, पाप नाश हुने, सपनामा आएर गुरुले मार्गदर्शन गर्नेजस्ता अनेक विश्वासमा खप्परको तान्त्रिक र साधरण दुवै अनुष्ठान, पुजा हुने गरेको उनले बताए।

‘यो गुरुबाट शिष्यमा हस्तान्तरण भएको एउटा महत्वपुर्ण परम्परा हो, त्यहीअनुरुप यहाँ आउने प्रत्येकलाई खप्परले छोएर आर्शिवाद दिइरहेका छौं,’ गुम्बाका ‘टिका लामा’ पदमा बसेका उनले भने। साधारण मान्छेकोभन्दा उच्च साधक कोटीको खप्पर भएकाले पुस्तौली रुपमा यसको पुजा अर्चना हुने गरेको उनले सुनाए।

पूर्वीय हिन्दु र तिब्बती बौद्ध संस्कृतिका संगम धार्मिक धरोहर गुरु रिन्पोछे (पदमसम्भव), महायोगी मिलारेपा र बुद्धजस्ता असंख्यौं गुरुले तपस्यापछि शरिरको केही अंश छाडेको बौद्धमतको कथन छ।

त्यस्तै भोटेकोशी किनारक्षेत्रको तत्कालिन लामाको प्रमुखको रुपमा चिनिएका गुरु लामाले वर्षौपछिको ध्यानपछि देवताझैं शक्तिशाली बनेको लामाले निर्वाणपछि आफ्नो खप्पर छाडे। केही शिष्यलाई गुरु लामाले शरिर छोड्नुअघि आफु खप्पर रुपमा अमर रहने बताएको मानिन्छ।

भोटेकोसी – ४ सेलाङकट्टीको माथिल्लो लेकाली छमम् डाँडा वा तपस्यास्थल डाँडामा गुरु लामाले गुम्बा,कुटी बनाएर तपस्या थाले। देवताझै (सिद्ध) भइसकेपछि टेकेको दाहिने पाइला र गाउँलेको पानीको अभावलाई मेटाउन शक्तिबाट उत्पन्न गरेको भनिने पानीको मुल रहेको स्थानीय विश्वास गर्छन्। लामाको भनाईअनुसार आफ्नो मृत्युकालबारे थाहा पाइसकेपछि घर फर्किन लागेको भेडा गोठालालाई सेलाङकट्टी गाउँलेलाई जानकारी दिन सन्देश पठाएर उनले ध्यानमै समाधि लिए। गुरु लामाको अन्तिम इच्छालाई मानेर कुटिभन्दा झण्डै ७० मिटरमाथिको डाँडामा लगेर शरिरलाई संस्कार गर्न खोजेपनि वर्षात हावाहुरीका कारण सकिएन्।

कुटीकै पिढीमा संस्कार गरेपछि बाँकी अवशेष बोकेर (गुरु लामाले बनेको स्थान) डाँडा पुग्दा एउटा चम्किलो वस्तु देखे। जुन नै गुरु लामाको पवित्र खप्पर (तालुको हाड )थियो। ‘त्यही ‘नम्देन’ पवित्र खप्पर आजसम्म पुजा भइरहेको छ, यो हाम्रो अनमोल परम्पराको सम्पदा हो,’ स्थानीय अगुवा निमा लामाले भने। चोरीको त्रास बढेपछि सुरक्षाको लागि लामो समय ‘नम्देन’ जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जनाए।

‘नङ्देन्’ पुजालाई नियमित र व्यवस्थित बनाउन पहलकदमी लिइरहेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए। ‘यो अचम्मको खप्परको सुरक्षासहितको सांस्कृतिक सम्पदा झल्कने गुम्बा बनाएर पर्यटकीय प्रवर्द्धनमा जोड दिने लक्ष्य राखेका छौं। गुरु लामाबारे अझै जानकारी खोज्ने प्रयासमा छौं। 

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि