नेपालमा नै पहिलो पल्ट सोल्टी होटेलमा बिश्व शान्ति पुजा आयोजना गरियो

नेपालमा नै पहिलो पल्ट नेपालको प्रसिद्ध होटेल सोल्टी होटेलमा बिश्व शान्ति पुजा आयोजना भएको थियो | बिश्व शान्ति पुजालाइ स्वयम्भु किम्टोल स्थित ड्रुक अर्थात् संग्ये छोइलिङ्ग गुम्बालेआयोजना गरेको थियो|

नेपालका लागि मात्र नभई संसारका प्राणि हितका लागि यो पुजा आयोजना भएको कुरा यस पुजाका आयोजक पक्षले जनाएको छ |

माननीय पर्यटन मन्त्रि योगेश भट्टराईले सो समारोहमा सुभकामना ब्यक्त गर्नु भएको थियो | यस कार्यक्रमको मूल आयोजक ड्रुक अर्थात् सग्ये छोयिलिंग गुम्बा रहेको थियो | यस समारोहमा भिबिन्न देशका मानिसहरु उपस्थित थिए |

देशहरु जस्तै कोरिया, चिन, भेतनाम,सिंगापुर ,मंगोलिया,मलेसिया लगायतका बौद्ध धर्म मान्ने देशहरु रहेको थियो | यस पुजाको अबसरमा जाडोमा कठिन परिवारका ६०० सदस्यहरुलाई ओड्ने कम्बल दान गरिएको थियो | यस बिश्व शान्ति पुजामा १०६५ लामाहरुको उपस्थिति रहेको थियो |

उक्त पुजामा सग्ये छोयिलिंग गुम्बाका लामाहरुले बिश्व शान्ति पुजा कामना पुजापाठ गर्नुभएको थियो | जसमा खेन्पो कर्सङ मोक्तन ज्युको अगुवाइमा पुजापाठ सम्पन्न भएको थियो |

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि