बौद्ध शिक्षाका लागि कामपाले दियाे २३ लाख

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि २३ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित परियत्ति शिक्षाकोा लागि महानगरपालिकाले सो सहयोग गरेको हो ।   

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरलाई आइतबार सो रकम हस्तान्तरण गरेका हुन् । 

सो रकम सामुदायिक विद्यालय हाताभित्र वृक्षरोपण, खेल मैदान, रङ्गरोगन, शौचालय र खानेपानीको व्यवस्थापन गर्ने लगायतमा खर्च हुने जनाइएको छ ।  सो अवसरमा प्रमुख शाक्यले सहयोग रकम सदुपयोग हुनेमा आफू आशावादी रहेको बताए ।

महासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोगले परियत्ति शिक्षाका लागि थप ऊर्जा प्राप्त भएको बताए । ५६ वर्ष इतिहास बोकेको यस संस्थानमा हरेक वर्ष परियत्ति शिक्षाका लागि पाँच हजार बढीले आवेदन दिने गरेका छन् । 
 

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि