त्रिभुवन विमानस्थलमा राखियो ‘भगवान बुद्धको भूमि’मा स्वागत छ लेखिएको एक टनको ‘बुद्ध मूर्ति’ !

१९ पुष २०७६, शनिबार काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक टनको बुद्धको मुर्ति निर्माण गरिएको छ। निर्माण भएको बुद्धको मूर्तिलाई शनिबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अनावरण गरेका छन्। वुटिक विमानस्थलमा रूपान्तरण गर्ने काममध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गरेको हो। प्रतिमाको माथिल्लो भागमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भनेर लेखिएको छ।नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् ।

बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन् । यस्तो प्रतिमाले भ्रमण वर्ष २०२० मा सघाउँ पुग्ने अपेक्षा गरेको मन्त्री भट्टराईले बताए। बुदको मुर्ति सहितको तस्बिर राख्दै उनले समाजिक संजालमा लेखेका छन त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थललाई बुटीक बिमानस्थलमा रुपान्तरण गर्ने काम मध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गर्ने काम आज सम्पन्न भएको छ । यो प्रतिमा करिब एक टनको रहेको छ ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि