बौद्ध धर्मावलम्बीले मनाए सम्यक दानपर्व

भक्तपुर, १ माघ (रासस)

भक्तपुरमा ३५० वर्षअघि अर्थात् नेपाल संवत् विसं ७८७ भन्दा अघिबाट शुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दानपर्व भव्यरूपमा मनाइएको छ । पाँच दीपकङ्रसहित अन्य स्वर्ण दीपङ्करका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराइ भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराइ मनाइने सम्यक दानपर्व यहाँका बौद्ध धर्मावलम्बीले आज दिनभरि नै भव्यरूपमा यो पर्व मनाउने गर्दछन् ।

चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागतरूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिइएको थियो । भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीले दान गरेको सम्यक महादान व्यवस्थापन समितिका देवचन्द्र बज्राचार्यले बताउनुभयो ।

भक्तपुरमा रहेको प्रमुख पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक दान पर्वका दिन पाँच दीपङ्कर बुद्धका प्रतिमूर्ति विराजमान गराइएको उहाँले बताउनुभयो । काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुइँख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमितरुपमा यो पर्व मनाउँदै आएको छ ।

भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहिको परिसरमा रहेको भुइँख्यल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको राजुमान बज्राचार्यले बताउनुभयो । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने तथा भिक्षादान परम्परा रहेको उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि