कुनै समस्याको हल गर्नुअघि त्यसको कारण बुझ्नुहोस्, तनाव कम हुनेछ

गौतम बुद्धसँग जोडिएका कथामा हामीले जीवनका सबै दुःख भगाउने सूत्र पाउँछौं । यदि यी सूत्रलाई व्यवहारमा लागु गर्ने हो भने हामी सुखी हुन सक्छौं । यहाँ यस्तै एक कथाबारे जानकारी लिऔं जसमा समस्यालाई कसरी टाढा राख्ने भनेर सिकाइएको छ.

– एकदिन बुद्धका सबै शिष्य कथा सुन्न जम्मा भएका थिए । केही समयपछि गौतम बुद्ध हातमा डोरी बोकेर आए । प्रवचन दिन आएका बुद्धको हातमा डोरी देखेर शिष्य चकित परे । आफ्नो आसनमा बसेर बुद्धले डोरीमा तीनवटा गाँठो बनाए । त्यसपछि उनले शिष्यलाई सोधे, ‘के यो डोरीमा पहिलेदेखि नै गाँठो थियो ?’

– यो प्रश्नको जवाफमा एक शिष्यले यसको उत्तर थोरै मुश्किल भएको बताए । उनले भने, ‘यो हाम्रो दृष्टिकोणमा निर्भय हुन्छ । यो डोरी त्यही हो, यसमा खासै कुनै परिवर्तन छैन ।’

यस्तै अर्का शिष्यले भने, ‘अब यसमा तीनवटा गाँठो पारिएका छन् जुन डोरीमा पहिले थिएन । त्यसकारण डोरीलाई परिवर्तन गरियो भन्न सकिन्छ ।’ यस्तै, केही शिष्यले भने, ‘मूलरुपमा डोरी त्यही हो, तर गाँठोका कारण यो परिवर्तन भइसकेको छ ।’

– बुद्धले शिष्यको कुरा ध्यानपूर्वक सुने । त्यसपछि उनले भने, ‘तपाईंहरु सबैजना सही हुनुहुन्छ । अब म यो गाँठो खोलिदिन्छ ।’ यति भनेर बुद्धले डोरीको दुईवटा टुप्पोलाई तान्न थाले । ‘के यसरी डोरीको गाँठो फुकाउन सकिन्छ ?’ बुद्धले प्रश्न गरे ।

– शिष्यले उत्तर दिए, ‘यस्तो गर्दा त गाँठो झन् कस्सिन्छ । यसरी गाँठो फुकाउन थप मुश्किल हुनेछ ।

– बुद्धले भने, ‘ठिक । अब भन्नुहोस् त यो गाँठो खेल्नका लागि हामीले के गर्नुपर्छ ?’ शिष्यले भने, ‘हामीले ती गाँठो कसरी बनेका छन् भनेर ध्यानपूर्वक हेर्नुपर्छ । त्यसपछि ती गाँठोलाई सजिलै खोल्न सकिन्छ ।’

– बुद्धले यो जवाफमा सुन्तुष्टि प्रकट गर्दै भने, ‘एकदम सही । हामी जतिबेला समस्यामा फस्छौं तब हामी त्यसको कारण थाहा नपाई त्यसको हल खोज्न थाल्छौं । जबकी हामीले सुरुमा समस्याको मूल कारण बुझ्नुपर्छ । जब समस्याको कारण बुझ्नुहुन्छ तब हामीले त्यो निकै सजिलै सुल्झाउन सक्छौं । त्यसकारण सुरुमा समस्याको मूल कारण बुझ्नुहोस् र त्यसपछि नै त्यसको हल गर्न अग्रसर हुनुहोस् ।’ 

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि