तथागत बुद्धका ३८ महामंगल सुत्त

(१) मूर्ख जनको कहिल्यै संगत नगर्नु ।
(२) बुद्धिमानको संगत गर्नु ।
(३) पुज्यको पुजा गर्नु ।

(४) अनुकूल स्थानमा मात्रै निवास गर्नु ।
(५) कुशल कर्मको सञ्चय गर्नु ।
(६) कुशल कर्ममा लाग्नु ।

(७) अधिक बुद्धिमान हुनु ।
(८) शिल्प बिद्या सिक्नु ।
(९) व्यबहार कुशल र विनम्र हुनु ।

(१०) बिबेकी हुनु ।
(११) सुन्दर बक्ता हुनु ।
(१२) मातापिताको सेवा गर्नु ।

(१३) सन्तान र श्रीमतीको पालन पोषण गर्नु ।
(१४) अकुशल कर्मलाई नगर्नु ।
(१५) कुनै पनि कुराको अपेक्षा नगरी दान दिनु ।

(१६) धम्मको आचरण गर्नु ।
(१७) आफन्तहरुलाई आदार सत्कार गर्नु ।
(१८) कल्याणकारी कार्य गर्नु ।

(१९) मन, शरीर तथा बचनले पर पिडक कार्य नगर्नु ।
(२०) धम्मका कार्यमा तत्पर रहनु ।
(२१) नशा जन्य पदार्थको सेवन नगर्नु ।
(२२) गौरव साली ब्याक्तीत्व बनाइ राख्नु ।

(२३) बिनम्र भइ रहनु ।
(२४) पुर्ण रुपले सन्तुष्ट हुनु ।
(२५) कृतज्ञता कायम राख्नु ।
(२६) समय-समयमा धम्म चर्चा गर्नु ।

(२७) क्षमाशील हुनु ।
(२८) आज्ञाकारी हुनु ।

(२९) भिक्षुहरुको, शिलवान ब्याक्तीहरुको दर्शन गर्नु ।
(३०) मनलाई एकाग्र बनाउनु ।
(३१) मनलाई निर्मल बनाउनु ।

(३२) जागरुक भइ रहनु ।
(३३) पन्च शिलको पालना गर्नु ।
(३४) चार आर्यसत्यको दर्शन गर्नु ।
(३५) आर्य आष्टांगिक मार्गमा हिडनु ।
(३६) निर्बाणलाई साक्षात्कार गर्नु ।

(३७) लोक धर्म लाभ-हानी, यश-अपयश, सुख-दु:ख, जय-पराजयबाट बिचलित नहुनु ।
(३८) शोक रहित, निर्मल एवम निर्भयी हुनु ।

यो सबैको लागी उत्तम मंगल हो ।
सग्रह-सुर्य घिसिङ

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि