सिन्धुपाल्चोक बाह्राबिसे नगरपालिका-३, धार्पामा तिन महिने नि:शुल्क बौद्ध धर्म शिक्षा प्रशिक्षण शिबिर उद्दघाटन

सिन्धुपाल्चोक जिल्ला बाह्राबिसे नगरपालिका – ३, धार्पामा ।
यहि २०७६ साल माघ २, गते तामाङ बौद्ध महासघ नेपाल द्धारा सन्चालित ~ तिन महिने नि:शुल्क बौद्ध धर्म शिक्षा प्रशिक्षण शिबिर ~ उद्दघाटन भयो ।

तामाङ समुदायको धर्म सँस्कार कला सास्कृतिक भेष भुषा भाषा लिपि शिक्षा आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सँस्कृती परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बिश्व मै गौरवसाली बौद्ध धर्म शिक्षाको ध्वनीलाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई शु-सभ्य समाज र राष्ट्र निर्माको लागि सहयोग पुर्याउने उद्धेश्यका साथ तामाङ बौद्ध महासंघ नेपाल द्वारा संचालित महाअभियान तिन महिने नि:शुल्क बौद्ध धर्म प्रशिक्षण शिविर,

सिन्धुपाल्चोक धार्पाको बौद्ध धर्मवलम्बिहरुलाइ तामाङ बौद्ध महासंघ नेपालको केन्द्रीय अध्यक्ष तथा
श्रेद्रय धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्युको प्रमुख आतिथ्यतमा बौद्ध धर्म , बुद्ध धर्मको पहिलो ङोण्डो तथा साधान , बौद्ध दर्शन र पन्चशिल , बुद्ध धर्ममा बुद्ध बचनको के हो सहित यसको महत्व, समाजमा यसबाट हुने जीवनिक फाइदाको बारे र तामाङ सस्कार सास्कृति सम्बन्धि प्रवचनको साथ ~ तिन महिने नि:शुल्ल बौद्ध धर्म शिक्षा शिबिर छ्योमे प्रज्जलन गरि उद्दघाटन गरि सहभागी प्रशिक्षार्थीहरुलाई छ्योइ – मोलाम पाठको पुस्तक बितरण गरियो ।

अभियान अन्तर्गत शिबिरमा बिशेष अतिथि महासघ नेपालको महासचिब टेक राज मोक्तान तामाङ , मलेसिया प्रबास शाखाको अध्यक्ष- साङ्गे दोर्जे तामाङ , महासचिब – सोनाम नोर्बु तामाङ र तामाङ बौद्ध महासघ जिल्ला शाखाको सदस्य – धन बाहादुर तामाङको उपस्थिति थियो ।

बाह्राबिसे जिल्ला समन्य समितिको सदस्य धन ब- तामाङ ज्युले यो तिन महिने नि : शुल्क धर्म शिक्षा शिबिर बाट सिन्धुपाल्चोक जिल्लाको धार्मिक सामाजिक बिकृति र बिभेद हटाइ सबैको मनमा शान्ति छाउना र ज्ञान सिक्न्ना सबै परिवारको साथ आउने प्रतिबध्द गरियो र सबैलाइ आग्रह गरि महासघलाइ स्वागत ब्यक्ता गर्नु भयो ।

महासघ नेपालको महासचिब टेक राज मोक्तान बाट शुभकामनाको क्रममा स्थानीय सरकार , राजनीतिक र सामाजिक कर्ताहरुको यस बिषयमा ध्यान नपुगेको र आफ्नो मातृ भाषा र लिपि लोप ह्दै गएको प्रति चिन्ता ब्यक्ता गर्दै अब आफ्नो आफ्नो गाउ ठाउ र वडाको जनता सबैले आ- आफ्नो मातृभाषा पठनपाठन गर्न पाउने मौलिक हक अधिकारलाइ तामाङ बौद्ध महासघ नेपालले सुरु गरेकोमा सम्पुर्णालाइ सहभागि हुन अनुरोध गर्नु भयो ।

कार्यक्रममा धार्पाको जिल्ला समन्य समितिको सदस्य लागएत सम्पुर्ण गाउको सघ , सस्था , राजनीतिक र समाजसेबिहरुको साथै धर्म मित्रहरुको भाग्लो उपस्थिति थियो ।

तिन महिना सम्म प्रशिक्षकको भुमिका आनि सपना कुमारी तामाङले गरिने छिन । यसलाइ ब्यबस्थापन तामाङ बौद्ध महासघ नेपाल प्रबास शाखा मलेसिया बाट गरिने भएको छ । उद्दघाटन समारोहको सभपति धार्पा गुम्बाको प्रमुख लामा तथा अध्यक्ष नारायण बा- लामाको अध्यक्षतामा भयो ।

टेक राज मोक्तान तामाङ
केन्द्रीय सुचना बिभाग
तामाङ बौद्ध महासघ नेपाल

बाह्राबिसे नगरपालिका -३, धार्पा , सिन्धुपाल्चोक

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि