‘बुद्धको इतिहाससँग जोडिएको’ प्राचीन पोखरीमा वडा कार्यालय बनाइँदै

पश्चिम नेपलाको रूपन्देहीम जिल्लामा गौतम बुद्धको इतिहाससँग जोडिएको मानिने एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएको छ।

तत्कालीन मक्रहर गाउँ विकास समिति वडा नं ६ मा रहेको उक्त पोखरीमा अहिले नगरपालिकाको वडा नं ११ मा पर्छ।

पोखरी रहेको स्थानमा वडा कार्यालय बनाउन सुरु गरिएको वडाध्यक्ष मुक्तिराम चौधरीले बताए।

वडा कार्यालय बनाउन पोखरीको झन्डै आधा भागमा कङ्क्रिटको ढलान गरिसकिएको छ। पिलर ठड्याउने बनाउने तयारी पनि हुँदैछ।

वडाध्यक्ष चौधरीले भने, “पोखरी मास्न त मन थिएन, तर त्यो ठाउँ सबैको पायक पर्ने भएकोले पोखरीमै भवन बनाउने निर्णय गरिएको हो।”

उक्त पोखरी एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको थियो।

बाँकी पोखरीलाई नमुना बनाउने

पोखरीको संरक्षण गर्ने भन्दै नगरपालिकाले गत वर्ष मात्र वरिपरि पर्खालले घेरेको थियो ।

नगरप्रमुख वासुदेव घिमिरे भन्छन्, “पोखरी मास्ने योजना भएको भए नगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेर पर्खाल बनाउने थिएन। तर सबै वडावासीलाई पायक पर्ने ठाउँ भएकोले वडा कार्यालय त्यहीँ बनाउने निर्णय गर्‍यौँ।”

“भवन बनाएर बचेको पोखरीको भागलाई नमुना किसिमले संरक्षण गर्नेछौँ।”

तर उनले पोखरी मासेर कस्तो नमुना पोखरी बनाउने भन्ने बारे केही खुलाएनन्।

वडाध्यक्ष चौधरीका अनुसार पानीको सतहमुनिबाट उठाइने पिलरमा भवन बनाइनेछ भने भवनसम्म पुग्न त्यहाँ एक पक्की पुल पनि बनाइनेछ।

‘मायादेवीको बास’

उक्त पोखरी कहिले र कसले बनाएको हो भन्ने विषयमा कुनै अभिलेख छैन।

पोखरीनजिकै कुमारवर्ती नाम गरेको एउटा मन्दिर छ।

कपिलवस्तुको तिलौराकोटबाट माइत मानिने रूपन्देहीको देवदह जाँदा सिद्धार्थ गौतमकी आमा मायादेवी कुमारवर्तीमा बास बसेको किंवदन्ती अहिले पनि प्रचलित छ।

मन्दिरमा मायादेवीको मूर्ति र एउटा प्राचीन इनार छन्।

‘एक गाउँ, एक पोखरी’को नारा दिँदै काम अगाडि बढाइरहेको प्रदेश नं ५ को सरकारले विद्यमान पोखरी मास्ने तिलोत्तमा नगरपालिकाको निर्णयबारे कुनै प्रतिक्रिया दिएको छैन।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि