मृत्यूपछि के हुन्छ ? गौतम बुद्धको जवाफ यस्तो थियो

गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे ।

बुद्धलाई एक शिष्यले सोधेछन्( ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यस’bout किन केही बताउनुभएन ?’

शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन्( ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’

शिष्यले ‘हवस् !’ भनेपछि बुद्धले सोधेछन्- मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो, कसलाई निशाना बनाइएको थियो, यो यहाँबाट पार गरेको भए कसलाई लाग्थ्यो, के हुन्थ्यो भन्ने प्रश्नको जवाफ खोज्नतिर लाग्थ्यौ ?’

शिष्यले जवाफ दिए( ‘म पहिला विषले भरिएको तीर नै शरीरबाट निकालेर फाल्थें, नत्र सबै विष मेरो शरीरमा फैलिहाल्छ नि !’

बुद्ध बोले( बिल्कुल ठीक भन्यौ तिमीले । अब तिमी आफैं भन पहिले यो जीवनलाई कसरी साकार पार्ने, दुस्ख निवारण कसरी गर्ने भनेर सोच्ने कि मृत्युपछि के हुन्छ भनेर जीवन बर्बाद पार्ने ? जुन कुरा हाम्रो हातमा नै छैन, त्यस’bout सोचेर किन समय बर्बाद पार्छौ ? हाम्रो हातमा सिर्फ कर्म छ । त्यस’bout मात्र सोच्नुपर्छ, जुन कुरा हाम्रो हातमा छ ।

यति भनेपछि शिष्यले बुझिहाले, उनको जिज्ञासा शान्त भयो ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि