बौद्ध धर्ममा भुत प्रेत दमन गर्नको लागि झ्याङ्छयुब छयोर्तेन निर्माण

हाम्रो बौद्ध धर्मभित्र मुख्य ८ प्रकारको छयोर्देन मध्ये हामीले निर्माण गरेको छयोर्तेन झ्याङ्छयुब छयोर्तेन हो।यो छयोर्तेन भगवान गौतम बुद्ध ३५ बर्षको उमेरमा बौद्ध पात्र अनुसार ४ औं महिनाको पुर्णिमाको दिन भारत बर्षको ( म्हागधा ) दोर्जेदेनमा गौतमबुद्धले त्यहाँको नराम्रो शक्ति (दुष्टहरु भुत, प्रेत ) दमन गरि बुद्धत्व प्राप्त गरेपछि, त्यहाँको राजा शुक्चेन निङ्पोले निर्माण गर्नु भएको छयोर्तेन हो। यस छयोर्तेनलाई हिमाली भाषामा धुईधुल झ्याङ्छयुब छयोर्तेन भनिन्छ ।
जसको अर्थ
धुई=भुत प्रेत
धुल=दमन गरेको हो।
त्यसैले यो छयोर्तेनमा हामीले,
ढोक्ने कार्य गरेउ भने :शरीरले गरेको ३ वटा पाप कटिन्छ।
छयोर्तेन कोरा गर्दै बुद्ध मन्त्र जप गर्यो भने :वचनले गरेको ४ वटा पाप कटिन्छ।
छयोर्तेन देख्ने वित्तिकै श्रद्धा जगाउनु भयो भने :मनले गरेको ३ वटा पाप कटिन्छ।
यो ३ कार्य गरेमा हामीले १० वटा पापहरु कटाउन सक्छौ र १० प्रकारको पुण्य लाभ गर्न सकिन्छ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि