विश्व शान्तिको निम्ति बज्र किलाय फुर्पा पूजा गर्दै

बौद्धस्थित छयोर्तेन टशी तामाङ गुम्बामा यहि मिति २०७६ फागुन ८ गते देखि ११ गते सम्म श्रद्धेय धर्मगुरु क्याब्जे पाल्युल लाटुल रिन्पाेछेज्यू लगायत सम्पूर्ण धर्मगुरुहरुको समन्वयमा यस धर्म श्रवन तथा चिन्तन विस्तार केन्द्र (थाेईसम गाेङफेल्लिङ) को
आयोजनामा ग्रह शान्तिका निम्ति तीन दिवसीय बज्र किलाया र एक दिन छेक्षोग क्षिलु पूजा साथै धार्मिक प्रवचन छेवाङ प्रदान गर्ने भएको छ।

यिदम् दोर्जे श्योनु (ईष्टदेब बज्र कुमार) पंञ्च बुद्धहरुको एकाग्र स्वरुप सद् धर्मको बाधकहरु हटाउनाको निम्ति बाहिरी स्वरुप अत्याधिक क्रोधीलो स्वरुप धारण गर्नु भई । भित्री स्वभाब सम्याक सम–बुद्धको ज्ञानले युक्त सर्ब प्राणी उद्धारको निमीत्ता समया परिबेश र परिस्थिति अनुकुल फरक–फरक रुपहरु धारण गर्नु भएको छौं । शान्तको अवस्थमा बज्र सत्व (दोर्जे सेम्पा) । कृया तन्त्रको अवस्थमा बज्र विशोधय (दोर्जे नम्ज्योम्) र महाबोधिसात्वको अवस्थमा बज्र पाणी (छयग्ना दोर्जे) जस्तो फरक–फरक रुप धारण गर्नु भएकोले श्री महा बज्र कुमार (पल्छेन् दोर्जे श्योनु) लाई ईष्टदेब सम्झी बज्र किलायको मुल मन्त्रः “ओम बज्र किलि किलाय सर्व विध्नान बंहुँ फट । जप, ध्यन, पुजा, पाठ गर्नसकेमा सुःखा यबं आन्त्रदको जिबन प्राप्त हुनेछ । श्री सम्पतिले भरिपूर्ण भई मनमा करुण, मैत्री जस्तो परोपकारी सकरात्मक बिचारहरु बृद्धि भएर जाने छ ।
आठौं सताद्धीमा गुरु पदमा सम्भव फर्पिङ शेषनारायण गुफामा महा मुद्राको ध्यान गरि रहनुभएको बेला राज्यको विशेष दुत त्यहाँ आई गुरुलाई बिम्ती चढाउनु भएछ । “हाम्रो देश नेपालमा विगत १२ बर्ष देखि समयमा पानी नपर्ने कारणले अनिकाल र माहामारी रोग ब्यापक रुपमा फैलिरहेको छ । यसको निवारण कर्ता तपाई मात्रै भएको जानकारी अनुसार यो विम्ती चढाउछु । कृपया दया गरी रक्षा गरियोस् इत्यादि विन्तीलाई स्वीकारी त्यसको उपाय नालन्दा विश्व विद्यालय भारत हाल बिहारबाट दोर्जे फुर्पा ( वज्र किलाया) साधनाको धर्म पुस्तक झिकाउनु हुन्छ । त्यस पुस्तक नेपाल भित्रने बित्तिकै असिना पानी वृष्टी हुन्छ । दैत्यमारहरुको पराजय हुन्छ । गुरु पदम सम्भवले त्यस वज्रकिलायाको पुजा र साधना गर्नु हुन्छ । त्यसपछि सम्पुर्ण महामारी अनिकालबाट जनता तथा प्राणी मुक्त हुन्छ र खुसीको क्षण सुरु हुन्छ । यसै बज्र किलायाको सधानाबाट प्राप्त सिद्धिले गर्दा डाकिनी हिशे छोग्यालले तिब्बतमा लासलाई जीवित बनाएको किंव ईतिहास छ ।
वर्तमान स्थितीमा चारैतिर आशान्ति, हिंस, आतंक, रोग, माहमारी, अनिकाल, मनमा तनाब, पिर चिन्ता ईत्यदि भयंकर रुपमा फैलिरहेको हुदाँ यसले मानब समाजलाई मात्र नभएर सारा ब्रम्हाण्ड नै नष्ट हुने संकेत दिइरहेको छन् । त्यसैले आजको युगमा यसलाई निवारण, न्यूनिकरण वा निर्मूल पार्ने अनेकौ विधिहरु भएतापनि केहि मात्र निवारण हुने गरेको छ भने मनको तनावहरु अझ बढेर गईरहेको छन् । यीनै कारणले दुर्गतिमा फस्ने गर्दाछन् । यसर्थः यी सारा समस्याबाट मुक्त हुने एउटै उपाय तथागत बुद्धको अमृत वाणी उपदेशको श्रवण, चिन्तन र भावना गर्नु हो । बाह्य दुःख कष्टहरु फुर्पा (वज्र किलाया) पूजा मार्फत समाधान पार्न सकिने आन्तरिक, पिर, चिन्ता, बेदानहरु तथागत बुद्धको उपदेशहरुको पालना गर्नाले न्यूनिकरण हुने तथा यसलाई क्रमशः निरन्तरता दिइएमा सम्पूर्ण बाह्य् आन्तरिक दोष, क्लेशबाट मुक्त भै बुद्धत्व प्राप्त गर्न सकिनेछ । हामीमा उक्त कोशिस वा प्रयासको कमिले नै वर्तमान विविध दुःख कष्ट भोग्न बाध्य छौं । यस्ता बिघ्न बाधाहरुबाट मुक्त भै पुन्य र प्रज्ञा संभार युक्त मार्गलाई केन्द्रित गरी यस “धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्रले विगात धेरै बर्ष देखि बिभिन्न जिल्ला, गुन्पा, गाउँ–गाउँमा फुर्पा पूजा, धार्मिक प्रवचन गर्दै अएको जानकारी गराउँदै । यहि मिति २०७६ साल फागुण ८ गते देखि ११ गते सम्म महा महिमा (अवतारी) पाल्युल लाटुल रिन्पोछे ज्यूको प्रमुख आतिथ्यतामा साथै अन्य खेन्पो, टुल्कु, लामा, लोपोन, भिक्षु, भिक्षुणिहरुको उपस्थितमा सु–सम्पन्न हुन गईरहेको हुदाँ सम्पुर्ण भक्तजनहरु सहभागी भै आर्थिक, भौतिक, नैतिकरुपमा सहयोग गरी पूण्य कमाई लाभान्वित हुन सक्नेछन ।

                                                  
    महासचिव                                             
 खेन्पो फुर्ब थिङ तामाङ
धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र
सम्पर्क नं, ०१—५१५५१२१,९८१८९७५८८८

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि