इलाममा तिन महिने बौद्ध धर्म शिक्षा शिविर सम्पन्न

तामाङ समुदायको धर्म सँस्कार कला सास्कृतिक भेष भुषा भाषा लिपि शिक्षा आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सँस्कृती परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बिश्व मै गौरवसाली बौद्ध धर्म शिक्षाको ध्वनीलाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई शु-सभ्य समाज र राष्ट्र निर्माको लागि सहयोग पुर्याउने उद्धेश्यका साथ

तामाङ बौद्ध महासंघ नेपाल द्वारा संचालित महाअभियान
तिन महिने नि:शुल्क बौद्ध धर्म प्रशिक्षण शिविर ‘ प्रदेश न:- १ इलाम जिल्ला सुर्यदाय नगर पालिका – ६ दिछ्याप छेवाङ छ्योइलिङ गुम्बामा तामाङ बौद्ध महासंघ नेपालका सस्थापक अध्यक्ष तथा तामाङ समुदायको नै पहिलो { तामाङ खेन रिन्पोक्षे } गेशे ङिमा तामाङ ज्युको प्रमुख आतिथ्यतमा तिन महिने निशुल्क बौद्ध धर्म प्रशिक्षण शिबिर उद्दघाटन गरियो ।

बौद्ध धर्म र तामाङ समुदायको धर्म सँस्कार सँस्कृतिक र बुद्ध धर्म दर्शन सम्बन्धी खेन रिन्पोक्षेको मुखार शब्द रुपि धार्मिक प्रवचनको मध्यमबाट प्रशिक्षार्थी सबैलाइ जानकारी गरियो। उक्ता कार्यक्रमा प्रशिक्षार्थी हरु लाइ छ्योइ ( पुस्तक ) प्रदान गरियो। स्थानीय जन प्रतिनिधि , समाज सेबि, राजनीतिक ब्यक्तित्वहरु साथै महासघ नेपालको केन्द्रीय महासचिब टेक राज मोक्तान तामाङ ज्यु र मलेसिया तामाङ बौद्ध महासघ प्रबास शाखाको महासचिब सोनाम नोर्बु तामाङ ज्यु पनि कार्यक्रममा उपस्थिति हुनु भएको थियो ।

कार्यक्रममा उपस्तिथि सबैलाइ समाजसेबि डि बि ग्याबाक तामाङ ले शब्दरुपि मन्तव्य बाट स्वागत गरियो भने म्हाणीप समुहको सदस्यहरु दारा खादा लगाएर अतिथि सत्कार गरियो । गुम्बा अध्यक्ष सुरेन्द्र मोक्तान तामाङ र स्थानीयको तर्फबाट प्रशिक्षार्थीहरुलाइ शुभकामना ब्यक्ता गरिदै स्थानीय समस्या राख्नु भएको थियो र कार्यक्रम निमा डोल्मा सिङगार तामाङ्बाट सन्चालन गरिएको थियो ।

स्थानीय संघ तथा राजनीतिक प्रतिनिधि , समाज सेबि , बुद्धिजिबि र बुद्ध धर्म प्रति आस्तावनहरु कार्यक्रमहरुमा उपस्तिथि हुनु भईं धर्मको ज्ञान श्रवण गरि दिनु भएको थियो। तामाङ बौद्ध महसघ नेपालको केन्द्रीय महासचिब टेक राज मोक्तान बाट महासघ नेपालको अभियान र समुदायमा आमा बुबाको मुख्य भुमिका बाट नै समाज र सस्कार बचाउन दायत्व रहेको बताउनु भयो र म्हाणीप समुह कन्याम इलामको अध्यक्ष लक्ष्मी तामाङको सभापतित्वको भुमिका निभाउदै धन्यवाद ब्यक्त गरिदै कार्यक्रम समापन गरिएको थियो ।

सुचना तथा सन्चार बिभाग 
तामाङ बौद्ध महासघ नेपाल

ब्यबस्थान: दिछ्यप छेवाङ छ्योइलिङ गुम्बा 
कन्याम – ६ , ईलाम

प्रायोजक : 
प्रो- बिनोद योन्जन 
इमेज इन्लाइमेन्ट बौद्ध- काठमाडौं ।

आयोजक : 
तामाङ बौद्ध महासंघ नेपाल 
केन्द्रिय कार्यलय बौद्ध काठमाडौं ।
२०७६ भदौ – १

प्रदेश न:-१ नेपालको पुर्बि ईलाम जिल्ला कन्याम्मा सम्पन्न .!!

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि