काेराेना भाइरस संक्रमणबाट बच्ने १३ उपाय

काठमाडौं । नेपाललाई विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि नेपाल सरकारले कोरोना नियन्त्रणको पूर्वतयारीलाई तीव्र रुपमा अघि बढाएको छ।डव्लुएचओको मुख्यालयमा गत बिहीबार भएको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको हो।

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो। कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं।

१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।

२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।
३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।
४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
६. घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
८.रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।
१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुन: प्रयोग गरौ ।
११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔ ।
१२. यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं। सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौ र सफा कपडा मात्र प्रयोग गरौं। यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौ ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि