मकवानपुर सोला भञ्ज्याङ् ५ भिमफेदिमा बौद्ध धर्म प्रबचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व मै गौरवशाली बौद्ध धर्म दर्श साहित्य संस्कृती परम्परा एवं सम्भोटा लिपिको संरक्षकण गर्दै बौद्ध धर्म शिक्षालाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई तामाङ समुदायको धर्म संस्कार संस्कृती रितिरिवाज भाषा भेष भुषा परम्परा एवम् पहिचानको जगेर्ना गर्दै सु-सभ्य समाज र राष्ट्र निर्माणमा सहयोग गर्ने मुल उदेश्यका साथ,

२१४७ औ झिवा लो नाम्युङ मुसा बर्ग राष्ट्रिय ग्याल्पो लोछारको अवसर पारि तामाङ बौद्ध महासंघ नेपाल का संस्थापक अध्यक्ष तथा श्रद्रेय धर्म गुरु तामाङ खेन रिन्पोक्षे ज्युको प्रमुख आतिथ्यता बिशेष अतिथि श्रद्रेय धर्म गुरु सर्बजित गोङ्बा तामाङ र अतिथि तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनामनोर्बु तामाङको उपस्थितिमा मकवानपुर जिल्ला सोला भन्ज्याङ ५ भिमफेदि स्थित् हिजो २१४७ – ०१ -८ गते सा-दावामा धार्मिक प्रबचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ I

उक्त उद्घाटन कार्यक्रममा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष तथा श्रद्रेय धर्म गुरु तामाङ खेन रिन्पोक्षे ज्युको मुखार बिन्दुबाट बौद्ध धर्म जोडिएको तामाङ समुदायको धर्म संस्कार संस्कृती रितिरिवाज भाषा भेष भुषा लोछार परम्परा लिपि जन्म देखि मृत्यु सम्म र त्येस बिचमा हुने विभिन्न तामाङ समुदायको बिबाह , घेवा , छेवार, नवरण , नुन बार्नु पर्ने नबार्ने, कपाल काट्नु पर्ने नपर्ने , सेतो कपडा लाउनु पर्ने नपर्ने, लगायत विविध बिषयमा बिशेष प्रबचन दिनुको साथैश्रद्रेय धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङ ज्युको मुखार बिन्दुबाट बुद्ध धर्म के हो ? बुद्धको सरणमा कसरी जाने ? पन्चसिल भनेको के हो ? धर्ममा टाप्छे अर्थात टुपि किन काट्नु पर्छ लगायत विविध बिषयमा प्रबचन दिनु भएको थियो I

सयौंको सङ्ख्यामा भक्तजनहरुको उपस्थित रहेको एस कार्यक्रममा गाँउका प्रमुख लामा लगायत गाउँका बुद्धि जिबिहरुले तामाङ बौद्ध महासंघ नेपालले चालेको यस् महान कार्यको प्रसंशा गर्दै सफलताको सुभ-कामना सङ्गै तीन महिने नि:सुल्क बौद्ध धर्म शिक्षा तथा शिविरको केही महिना भित्र संचालन गर्ने निर्णय पनि भएको छ भने कार्यक्रमको आयोजना सोला भञ्ज्याङ् युवा समुह भिमफेदी मकवानपुरले गरेको थियोे I 

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि