विश्वमा प्रलय रोक्न विगन जिवन शैली को सन्देश

हाम्रो यस धरतीको विभिन्न ठाउँमा भूमण्डलीय तापक्रम वृद्धि (ग्लोबल वार्मिंग) र जलवायु परिवर्तनको कारण विभिन्न किसिमका अकल्पनीय घटनाहरु घटीरहेका छन् । कतै बाढी पहिरो त कतै सुख्खाले गर्दा बन जंगलहरुमा आगलागि। जस्तो कि अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भएको भिषण आगलागि, त्यस्तै अष्ट्रेलियाको जंगलहरुमा लागेको डँढेलो, अनि त्यसपछिको बाढी, पहिरो र समुद्री आँधी। त्यस्तै अहिले बेलायत, आयरल्याण्ड तथा पश्चिमी यूरोपमा आंधी तूफान र बाढ़ी पहिरोले ठूलो धनजनको छ्यति पुर्याएको छ। अनि संयुक्त राष्टसंघको प्रतिबेदन अनुसार मांसाहार नै “ग्लोबल वार्मिंग”को प्रमुख कारण मध्ये एक भएकोले यसको खपतमा भारी कमी ल्याउन आवश्यक भएको कुरा औंल्याएका छन् । थप जानकारिको लागि कृपया यी वेव साइटहरु खोलेर हेर्नु होलाः https://www.facebook.com/directactioneverywhere/videos/496117657687803/UzpfSTEwMDAwMDUyMjI1NDU5MjozMTg1MjU0NDQ0ODM1MjY2/
https://blogs.scientificamerican.com/eye-of-the-storm/the-top-10-weather-and-climate-stories-of-2019/
https://www.nature.com/articles/d41586-019-02409-7
https://climatenexus.org/climate-issues/food/animal-agricultures-impact-on-climate-change/

त्यसैले अहिले विश्वका धेरै देशहरुमा भिगन (विशुद्ध-शाकाहारी) अभियान जोड्तोड्ले चलाउन थालेको देखिन्छ र भिगन हुनेहरुको संख्या पनि बढिरहेको छ । अनि धर्म न्युजले पनि “ग्लोबल वार्मिंग” कम गर्न सहयोग पुग्ने बिभिन्न किसिमका सकारात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ।
अहिंसा, दया र करुणाको सन्देश दिनु हुने गौतम बुद्ध जन्मेको देश नेपालको बासिन्दाको हैसियतले हामीले पनि यसमा सघाउन बुद्ध भगवानले “लंकावतार–सुत्र” अध्याय–१६ मा दिनुभएको शिक्षा र उपदेशलाई प्रचार प्रसार गर्न सकेमा बुद्ध भगवानको आशिर्वादले हामीहरुमा दया र करुणा जागृत भै शाकाहारी बन्न प्रोत्साहित हुने र प्राणि हिंसाको कर्मबाट पनि छुटकारा मिल्ने हुनाले यस “लंकावतार–सुत्र” लाई यसै साथ संलग्न गरेका छौं । कृपया बुद्धको ‘अहिंसा परमो धर्म’ को सन्देश फैलाउन र हाम्रो धरती र धरतीवासीलाई “ग्लोबल वार्मिंग र जलवायु परिवर्तन” बाट बचाउनको लागि यो “लंकावतार–सुत्र” धेरै भन्दा धेरैलाई सामाजिक संजालको माध्यमबाट वा अन्य तरिकाबाट प्रचार प्रसार गरिदिनु दिनु हुन बिनम्र अनुरोध गर्दछौं ।
यहाँको अमूल्य सहयोगको लागि धेरै धेरै धन्यवाद !
पुनश्च: अहिलेको कोरोना भाइरस पनि मासुबाट नै फैलेको हुनाले सबैलाई साकाहारी हुनको लागि प्रोत्साहित गर्न यस “लंकावतार–सुत्र” लाई प्रचार प्रसार गर्नु अझ सान्दर्भिक हुन्छ भन्ने हामीलाई लागेको छ । धन्यवाद !

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि