परमपुज्यनीय सोग्याल रिन्पोछे परिनिर्वाण भई समाधिमा

विश्वप्रसिद्ध धर्मगुरु, लेखक, साहित्यकार, बौद्ध दर्शनका प्रकाण्ड बिद्धान क्याब्जे सोग्यल रिम्पोछेको देहावसान भएको खबरले विश्व बौद्ध जगतलाई मर्माहित बनाएको छ । वहाँ अहिले थुग्दम (समाधि ध्यान) मा हुनु हुन्छ।

धर्मगुरु सोग्याल रिन्पोछे १९औं शताब्दीका महान निधिपति तेर्तोन सोग्यालको निर्माणाकाय (टुल्कु) हुनुहुन्छ । महागुरु ज्याम्याङ खेन्चे छ्योकी लोडो, क्याब्जे धुइज्योम रिन्पोछे र धील्गो खेन्चे रिन्पोछेजस्ता महासिद्धहरुबाट ज्ञान हासिल गरेपछि उहाँले लण्डनको क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर्स डिग्री गर्नु भयो। जीवन, मृत्यु, अन्तर्भाव र पुनर्जन्मसम्बन्धी अंग्रेजी भाषामा उहाँले लेख्नुभएको पुस्तक संसारमै प्रख्यात छन् । हालसम्म दशौं लाख मानिसले पढिसकेको उक्त पुस्तक संसारका ३४ वटा भाषामा अनुवाद भइसकेका छन्। ३० लाखभन्दा बढीको संख्यामा छापिएको सो पुस्तक हाल ८० देशहरुमा विक्री वितरण भइरहेका छन्। उहाँले विगत तीन दशकदेखि यूरोप, अमेरिका, अष्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरुमा अध्यात्मिक शिक्षा प्रदान गर्दै आउनुभएको छ। बौद्ध शिक्षा प्रवर्द्धनमा वहाँको योगदान अतुलनीय छ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि