परम पावन क्याब्जे शेचेन रिन्पोछेज्यू लाङटाङ भ्रमण गर्नु हुँदै

परम पावन क्याब्जे शेचेन राज्याम रिन्पोछे ज्यू र आजोम ग्याल्से रिन्पोछे, सिम्धा ग्येटुल रिन्पोछे लगायत भिक्षु मैथु रिर्चाडज्यू लाङटाङ भ्रमण गर्ने भएको छ ।
उत्तर नेपालको सुन्दर लेटाङ उपत्यकाका श्रद्धालु भक्तजनहरुले परम पावन क्याब्जे शेचेन रव्ज्याम रिन्पोछे ज्यूलाई निमन्त्रणा चढाउनु भए बमोजिम श्रद्धालु भक्तजनहरुको निमन्त्रणालाई सहर्ष स्विकार गर्नु भई रिन्पोछे ज्यु लाङटाङ पाल्नु हुने भएको छ। त्यसै गरी बैशाख ११ गते को दिनमा परम पावन क्याब्जे रिन्पोछे ज्युबाट अमितायू बुद्ध आयु अभिषेक र दैनिक जिवनमा लागुहुने मणी मन्त्र, स्वगुरु मन्त्र र उल्क्रान्ती अर्थात फोवाको आगम (लुङ) तथा शरण गमनको शिल प्रदान गर्नु हुनेछ। बैशाख १२ गतेको दिन परम पावन क्याब्जे रिपोछ ज्युको बाहुलीबाट क्यान्जीन गुम्बा र स्तुपाको अनावरण (प्राण प्रतिष्ठान) र झिन्सेक (विश्व शान्ती अग्नी पुजा) २०७२ साल महा भुकम्पमा परि निधन हुनु भएकाहरू प्रति मार्मे मोन्ताम अर्थात दीप प्रज्वलन कार्यक्रम रहेको हुदाँ सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई उपस्थित भई पुण्य लाभ गरि दिन हुन अनुरोध गर्नु भएको छ ।
स्थान,मिति :लाङटाङ, नेपाल बैशाख १०- बैशाख १३, २०७७

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि