बौद्ध जगतमा फागुन पूर्णिमालाइ बुद्धको जीवनमा पारिवारिक मिलनको दिनको रूपमा लिइन्छ

भगवान बुद्धले २९ बर्षको उमेरमा गुहत्याग गरेर ५ बर्ष सम्म कठेर तप पछि बुद्धत्व प्राप्त गर्नु भई धर्म प्रचारको क्रममा राजगृह नगरमा राजा बिम्बिासारले दान गर्नु भएको वेणुवन विहारमा रहनु भएको खबर राजा शुद्धोदनले थाहा पाए । आफ्नो छोराको मुख हेर्न व्याकुल राजाले खबर थाहा पाउने बित्तिकै आफ्ना दुतहरुलाई भगवान बुद्धलाई निमन्त्रणा गरि कपिलवस्तसमा ल्याउन पठाए । तर ती दुतहरु बुद्धको समिप पुगेर बुद्धको उपदेश सुनेर त्यही भिक्षु भएर बसे । यसरी राजाले ९ पटक सम्म दुतहरु पठाउँदा पनि कसैले पनि बुद्धलाई कपिलवस्तुमा ल्याउन नसकेपछि १० औं पटक बुद्धका बाल्यकालीन साथी अमात्य कालुदायीलाई पठाए । कालुदायी पनि बुद्धको उपदेश सुनेर प्रब्रजित भए तर उहाँले राजालाई दिएको बचनलाईलाई बिर्र्सेनन र बुद्धलाई कपिलवस्तुमा राजा सुद्धोदन, रानी महाप्रजापति, पत्नि यशोधरा लगायत राजपरिवार बुद्धको अनुहारा हेर्न र दर्शन गर्न ललायित भएको बिन्ति गरे पछि भगवान बुद्ध आज कै दिन २० हजार भिक्षुहरु सहित आफ्नो जन्मभूमी कपिलवस्तुको लागी राजगृहबाट ्रप्रस्थान गर्नु भएको थियो । शाक्यमुनी बुद्धले राजगृहबाट दिनको एक योजन मार्ग हिडेर ६९ योजना मार्ग दुइ महिना लगाएर बैशाख पुर्णिमाको दिन कपिलवस्तमा पुग्नु भएको थियो । यसरी भगवान बुद्धबाट संम्बोधि ज्ञान लाभ गरि सर्वप्रथम कपिलवस्तु आगमन गर्नु भएको दिन फागु पूर्णिमाको दिन हो । बौद्ध जगतमा आज फागुन पूर्णिमालाइ परिवारसंगको पुनर्मिलन तथा बुद्धको जीवनमा पारिवारिक मिलनको दिनको रूपमा लिइन्छ । शाक्यमुनी बुद्धले गृहत्याग पछि देखि भेट्न र देख्न नपाएका आफ्ना पिता, आमा, पत्नी, पुत्र तथा परिवारका अन्य सदस्यहरुसंग पुनमिलन भएको दिन भएकोले आजको दिन महत्वपूर्ण बौद्ध चाडको रूपमा फागू पूर्णिमालाई पनि मनाउँछन् ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि