!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

नेपाल लगायत सम्पूर्ण विश्व जगत कोरोनाभाइरस कोभिड-१९ को महामारीले ग्रस्त २०७७ सालको यस जेठ महिनामा पर्ने तिब्बती बौद्ध धर्म परम्परामा विशेष महत्व राख्ने साघा धावा महिनामा धर्मप्रभा प्रतिष्ठान तथा येशे धर्म केन्द्रको आयोजनामा धर्मप्रभा प्रतिष्ठानका संस्थापक अध्यक्ष आचार्य श्री पेरिक रिन्पोछेको मुखारविन्दुबाट एक महिनासम्म बौद्ध धर्मका सम्पुर्ण आधारभुत विषयहरुमा प्रवचन हुने भएको छ।

बौद्ध दर्शनका तमाम आधारभुत शिक्षाहरु जेठ महिनाभरि क्रमिक रुपमा देशना हुने र बुद्ध शिक्षाका जिज्ञासुहरुलाई समग्रतामा बुद्ध शिक्षा सिक्ने बुझ्ने सुअवसर भएको आचार्य बताउनुहुन्छ। र साथै देशभर लकडाउनको यस स्थितिमा मानसिक तनाब न्युनिकरणको लागि पनि समयको सदुपयोगको हिसाबले र जिवन तथा दुःखसुख सँग सम्बन्धित भएको हिसाबले यस कार्यक्रमको विशेष भुमिका भएको बताउनुहुन्छ।

सो कार्यक्रम जेठ ८ देखि असार ७ सम्म साघा धावाको महिनाभरि बिहान ८ बजेको समयमा दैनिक एक घण्टा हुने भएको छ, जसमा शरणगमन तथा बोधिचित्तोत्पाद शील ग्रहण, पञ्चशील, दश अकुशल कर्म,कर्म हेतु फल, चार आर्य सत्य, अष्टाङ्गिक मार्ग, प्रतित्यसमुत्पाद, सैंतिसी जिनपुत्र आचरण, आदि विषयहरुमा प्रवचन हुनेछ।

यसै सन्दर्भमा विश्व बौद्ध जगतमा कार्मा काग्यु परम्पराका प्रख्यात गुरु मध्ये एक एवं “अवतारको रुपमा मेरो जिवनयात्रा” का लेखक पुज्यनिय श्याङ्पा रिन्पोछे भन्नुहुन्छ।

“नेपालमा बौद्ध धर्मावलम्बीहरु प्रशस्तै भएपनि बुद्ध शिक्षा अध्ययनको अझै पनि एकदमै कमी छ। विगतमा अत्यन्तै महान गुरुहरुको उपस्थिति भएपनि नेपाली भाषा जान्ने गुरुहरुको कमी थियो, तर गत दशकमा भारत आदि देशहरुबाट सयौं र हजारौं नेपालीका सन्तानहरु घेशे र आचार्य उपाधि प्राप्त गरेर नेपाल फर्केका छन, जस मध्ये धेरैले नेपाली भाषा पनि राम्ररी बोल्छन। त्यसैले अबको समयमा बुद्ध भुमि नेपालभित्र बुद्धिष्ट मात्र नभई सबै नेपालीले बुद्ध शिक्षा अध्ययन गर्न अति आवश्यक छ। आचार्य पेरिक सरल तथा शुद्ध नेपाली भाषामा बुद्ध शिक्षा सिकाउन सक्ने व्यक्तित्व मध्ये एक हो, जसलाई सधैं मेरो शुभकामना छ र उसले आधारभुत बौद्ध शिक्षा अनलाइन मार्फत सिकाउन लागिरहेकोमा म हृदयदेखि सराहना गर्दछु।”

श्री नालन्दा बुद्धिष्ट विद्यालयका संस्थापक खेन्पो किरण तुलाचनज्यु भन्नुहुन्छ:

मित्र आचार्य पेरिकले सामाजिक सञ्जाल मार्फत बौद्ध शिक्षा (धर्मदेशना ) दिनुहुने समाचार सुनेर अत्यन्त हर्षित छु। यो समयमा यस प्रकारका कार्यक्रमले हरेक मानवहरुमा जागरुकता, समानता र शान्ति ल्याउने आशा गर्दै हजुरको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछु।

त्यसैगरि अर्का प्रख्यात गुरु खेन्पो शिर लामा गुरुङ भन्नुहुन्छ:



सामाजिक संजाल मार्फत बौद्ध दर्शन शिक्षा प्रस्तूत गर्नु प्राविधिक सदुपयोग तथा बर्तमान परिस्थिती अनुकूल भएकोले धर्म मित्र आचार्य पेरिक ज्युको यस धर्म शिक्षा प्रदान योजना अत्यन्तै सान्दार्भिक रहेकोले कार्यक्रम सफलतको शुभकामना!

त्यसैगरि “बुद्ध र महिला” तथा “खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन” जस्ता उत्कृष्ट पुस्तकहरु लेखिसकेका नेपाली बौद्ध जगतका सबैभन्दा उत्कृष्ट लेखकमध्ये एक वसन्त महर्जन भन्नुहुन्छ।

“बाैद्ध धर्मका आधारभूतविषयकाे ज्ञानकाे अभावमा मान्छेहरू कुइराेमा हराएकाे कागजस्तै रणभूल्लमा पर्छन् र महत्वपूर्ण ज्ञानबाट बन्चित हुन्छन् । यस अवस्थामा जाे जसले जे कुरा जानेकाे हाे त्याे कुरा अरूलाइ सिकाउनु पर्दछ । यस सन्दर्भमा चार्य पेरिककाे फेसबुक लाइभ प्रवचन अत्यन्तै सान्दर्भिक र सर्हानीय अभियान हाे । उहाँकाे सफलताकाे कामना गर्दछु ।

त्यस्तै नेपाली सँगित जगतमा “फुलको आँखामा” लगायत बुद्धिष्ट सँगितका वरिष्ठ बाँसुरी बादक भन्नुहुन्छ।

सरल नेपाली भाषामा समग्र बुद्ध शिक्षा सिक्न सुन्न पाउनु हामी सबै नेपालीका लागि सौभाग्यको विषय हो। श्री पेरिक रिन्पोछेले एक महिनासम्म कष्ट गरि सुनाउन लाग्नु भएको प्रवचन कार्यक्रमबाट धेरै भन्दा धेरै नेपालीले लाभ उठाउन सकुन भन्दै शुभकामना टक्र्याउन चाहन्छु।

स्वयम्भू निवासी अस्मिता योन्जन लेख्नुहुन्छ:


अहिलेको अबस्थामा यो अनलाइन प्रवचन कार्य अति उत्तम रहेको छ। म जस्ता नयाँ शिक्षार्थीहरुले सिक्ने मौका पाएका छन। मैले आज पहिलो दिनको प्रवचनबाट कहिल्यै कतैबाट नपाएको जवाफ बुझ्ने मौका पाएँ।कतिपय कुराहरुको कि त जवाफ नै पाउदैन थें कि त लामो घुमाउरो पाराले हल्का जवाफ पाउथें। तब म गुरुलाई घमण्डी भन्थें। यो मेरो कमजोरी पनि हट्यो र बुझाउने शैली पनि बुझें।

गैंडाकोट, नवलपुर निवासी युवा फुर्वा श्रेष्ठ लेख्नुहुन्छ:


First of all, I really apreciate the thought of acharya perik guru & i would like to say thank you for what you have done.
In fact, Buddha’s teachings is the one which teach an art of living. it seems simple but it has unlimited power which we can feel by learning and practicing of our mind in our daily life.
Buddha’s teachings & life lesson tends to make our life blissful, peaceful and simple.
I think, Buddhist teachings focus on learning and plenty of practice. By learning more and training our mind makes us not only calmness, concentration skills, compassionate but also establish a pure heart.
In this time of lockdown ,I think this dhamma program is a good way of learning more about Buddhism to fullfill spare time meaningfully. And it is responsible to reduce our anxiety &fear too. So we should make a Meaningful day by learning and practicing.

सिन्धुपाल्चोकका लामा काल्साङ साङ्पो भन्नुहुन्छ:


कृपया बौद्ध धर्ममा आस्था बिश्वस गर्नु हुने सम्पुर्ण मित्रहरूले कोरोना सङ्क्रमणको समयलाई सदुपयोग गर्दै मनुष्य जिवनमा बुद्ध धर्म शिक्षाको महत्त्व बुझ्नु जरुरी देखिन्छ

प्रसारण हुने पेजहरु:

पेरिक रिन्पोछे https://www.facebook.com/perikrinpoche/


धर्म न्युज https://www.facebook.com/dharmanews.net/


तामाङ् फिडhttps://www.facebook.com/tamangfeed/

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि