खेमा र बुद्ध

मगधका राजा बिम्बिसारकी कान्छी महारानी हुन् खेमा। भनिरहनु पर्दैन कि राजा बिम्बिसार र बुद्धको मित्रता जीवनपर्यन्त रहेको हो । सिद्धार्थ गौतमको गृहत्याग पछि यिनी मगधको राजधानी राजगृह हुँदै गएका हुन् । राजगृहमा सिद्धार्थ केही दिन बसेका पनि हुन् । गेरुवस्त्रमा रहेका सिद्धार्थलाई राजगृह नगरमा यिनी कपिलवस्तुका राजकुमार हुन् भनि नचिनेकाले पनि बडो सम्मान दिए । त्यसोत वत्तिस महालक्षण युक्त शारीरिक बनोटको एक लक्का जवान युवक सन्यासी भेषमा स्वच्छन्द विचरण गरेको सबैको लागि आश्यर्च र कौतुहल विषय नबन्ने कुरै थिएन । यिनी कपिलवस्तुको राजकुलका शाक्य युवराज हुन् भन्ने कुरा राजा विम्विसारले थाहा पाए । विहान भिक्षाटनमा निस्केदेखिनै उनको चियो चर्चा गरी सबैकुरा बुझ्न र आफूलाई जाहेर गर्न राजाले आफ्ना गुप्तचरलाई खटाए । खाफ्नो चरवाट सबैकुरा बुझेका राजा सिद्धार्थ गौतमलाई भेट्न पैदलनै हिंडेर राजगृहको बेलुवन स्थित पाण्डव पर्वतमा पुगे । राजा विम्विसारले सिद्धार्थ प्रति देखाएको स्नेह, कपिलवस्तु नफर्के पनि यहिं मगधमा बसेर राज गर्ने हो भने आफ्नो आधाराज्य दिने प्रण गरेको समेतका कुराले यी दुईबीचको सम्बन्धका बारे बढी भन्नु पर्ने हुँदैन । आफू गृहस्थजीवनमा नर्फकने, सकल पृथ्वीको सम्राट पाए पनि ज्ञानको खोज बाट पछिनहट्ने सिद्धार्थको दृढताका अगाडि नतमस्तक हुँदै राजाले नयाँ ज्ञान प्राप्त गरेपछि मगधमा आउन र आफूलाई धर्मोपदेश गर्न बचनबद्ध गराएर सिद्धार्थसँग विदा भएका हुन् । हुन, पनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्ति गरेपछि सारनाथमा प्रथम वर्षावास बसे पश्च्यात राजगृह आई राजा बिम्बिसारलाई धर्मोपदेश गरेका छन्। बुद्धबाट धर्मोपदेश प्राप्त गरेका विम्विसारले भोलिपल्ट बुद्धसहित भिक्षुसंघलाई भोजन गराए र आफ्नो बेलुवन बगैंचा विहार सहित दान पनि गरे । भिक्षुसंघले स्वीकार गरेको यो प्रथम विहार दान हो।

यी राजा आफू सहित आफ्ना सबै परिवारजन बुद्धउपदेशबाट दीक्षित रहुन् भन्ने चाहान्छन् । तर, यिनकी कान्छी रानी खेमा आफ्नो यौवन र शारीरिक सौन्दर्यको अहंकारबाट बशिभूत भएकी छन् । ‘बुद्धले शारीरिक सौंदर्यलाई महत्व दिदैनन्, भन्ने पनि उनको धारणा छ । जुन ठिकै कुरा पनि हो । तर, सौन्दर्यता र यौवनलाई बुद्धले घृणा पनि गर्दैन भन्ने बुझेकि छैनन् । र, आफ्नो सौन्दर्यको अभिमान र घमण्डले बुद्धका नजिक न जाने खेमा रानीको व्यवहारले राजा भने हैरानछन् । बुद्धको ज्ञानसम्पदाबाट वञ्चित रहनु भनेको निश्फल जीवन जिउनु हो । यस्तो विचार राख्दथे बिम्बिसार । त्यसैले रानी खेमा विलाशी एवम् प्रमादी जीवनको रुपान्तरण उनको सतत चासोको विषय थियो।

महामानव बुद्ध काहाँ खेमालाई लैजान राजाले एउटा उपाय गरे । केही दरवारियाहरूलाई लगाएर बुद्ध बसेको ठाउँ बेलुवनको रमणीयता, सुन्दरता र मनोहारिताको यसरी प्रचार गर्न लगाए कि त्यो सुनेर खेमालाई कमसेकम टाढैबाट त्यो ठाउँ र बुद्धलाई एकपटक हेरनत भन्ने जिज्ञासा भयो । राजाको यो उपायले काम गर्यो। खेमा गईन बेलुवन र टाढैबाट हेरिन बुद्धलाई। भिक्षु र उपासक उपासिकाका बीचमा धर्मोपदेश गरिरहेका बुद्ध, श्रीपूर्णचन्द्र ताराहरूको बीचमा चम्केको जस्तो लाग्यो खेमालाई। काषाय भिक्षु बस्त्रमा बुद्धको मुखमण्डलको आभाले उनलाईो नजिकै तान्यो। उनले यो पनि देखिन् कि दुईटा परम सुन्दरी षोडषी कन्याहरूले दुईतिरबाट बुद्धलाई पंखा हम्कि रहेका छन् । यी दुई किशोरी यति सुन्दरछन् कि खेमा लाई आफ्नो अनुहार त फिक्का लाग्यो, अपूर्ण लाग्यो । एकटक लगाएर हेरिरहे कि खेमाले एकै छिन पछि यी सुन्दर किशोरी अधवैशे भएको देखिन् । शारीरिक सुन्दरता पनि कम भएको छ यी सुन्दरीको । र, केही पछि त दुवै सुन्दरी बुढी भए, कुप्रिपरेका, अव काहाँ छ उनीहरूको सुन्दरता, उनीहरूको आकर्षण र लोभलाग्दो यौवन । अन्तिममा त दुवैको प्राण पखेरू त्यही समाप्त भयो। यस्तो विश्मयकारी दृश्य देखिन् । त्यो देखेर खेमाले उनको शरीर सौंदर्य प्रतिको मोह पनि समाप्त भयो। अहंकार, घमण्ड र कामभाव ती सबै समाप्त भए, तिरोधान भए। उनी बुद्धको शरणमा परिन् । यो थियो उनको जीवनको सम्पूर्ण रूपान्तरण ।

कसैप्रति आग्रह र पूर्वाग्रह नराखी अध्ययन र मूल्याङ्कन गर्ने पूर्व र पश्चिमी विद्वानहरू यस कुरामा एकमतछन् कि शाक्यमुनि बुद्ध भन्दा ठूलो मनोविद् यो संसारमा न थियो, न हुनेछ। बुद्ध नै यस्ता महामना हुन् जसले मानिसको भित्रि दृश्य र उसको मूलभूत समस्या बुझ्न सक्यो । र, ती समस्याको समाधान मानिस भित्रै छ, ऊ आफैले मात्र समाधान गर्न सक्छ भन्ने उपाय पनि सुझायो । यस अर्थमा बुद्ध पहिलो र सबै भन्दा ठूलो मनो चिकित्सक पनि हुन् । बुद्धसँग योगवल, जसलाई बौद्ध साहित्यमा ऋद्धिवल भनिन्छ पनि थियो । खेमाले बुद्धको दाहिने-देव्रे बसेर पंखा हम्कि रहेका जुन दिव्य सुन्दरी देखिन् ती कोही थिएनन् । केवल जीवनको यथार्थता बुझाउन खेमालाई देखाइएको थियो । यो ऋद्धिवल केवल समाज र प्राणीमात्रको कल्याणको लागि बुद्धबाट प्रयोग गरेको हामी पाउँछौं ।
रानी खेमाले बुद्ध को शरणमा परी ज्ञानोपदेशको प्रार्थना गरिन् । तव बुद्धबाट यो गाथा भनिएको छ ।
ये राजरत्ता नुपतन्ति सोतं
सयं कथं मक्कटकोव जालं ।
एतम्पि छेत्वानवजन्ति धीरा
अनपेक्खिनो सब्ब दुक्खं पहाय ॥

(रागमा लालयित व्यक्ति, आफूले बनाएको जालमा माकुरो फसेझै आफ्नो तृष्णारुपी नदीमा पर्छ, बुद्धिमानहरू यसलाई पनि तोडी इच्छारहित भै सबै दु:ख छोडी प्रव्रजित हुन्छन् । ( धम्मपद, तृष्णावर्ग, १४ वाँ श्लोक, अनुवाद भिक्षु अमृतानन्द)

जीवन को अनित्यता र क्षणभंगुरता बुझ्नु ज्ञानबोधको ढोका खुल्नु हो । यसलाई आत्मसात गर्न, नश्वरतालाई बुझ्नु सर्वोच्चध्यान हो। बुद्धका यी उपदेशले रानी खेमाको होस खुल्यो । उनी श्रोतापन्न भइन्, एक आदर्श भिक्षुणी भइन् ।

साभार: धर्म चक्षु पत्रिका
स्रोत: तिलक पराजुली

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

बुद्ध जयन्तीको सान्दर्भिकता

 वैशाख पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा विश्व मानव इतिहासमा एक विशेष घट्ना घटेको दिन हो । इतिहासले एक महामानव, एक महापुरूष तथा मानव...

बुद्ध धर्म के हो ? बौद्ध को हुन् ?

भगवान बुद्ध जन्मेको सुन्दर देश हो नेपाल । बौद्ध देशको नामले नेपाल संसार भर चिनिन्छ । हामी जुन जुन बौद्ध देशहरूमा पुग्दछौ,...

खेमा र बुद्ध

मगधका राजा बिम्बिसारकी कान्छी महारानी हुन् खेमा। भनिरहनु पर्दैन कि राजा बिम्बिसार र बुद्धको मित्रता जीवनपर्यन्त...

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

अन्य गतिविधि