बुद्ध धर्म के हो ? बौद्ध को हुन् ?

भगवान बुद्ध जन्मेको सुन्दर देश हो नेपाल । बौद्ध देशको नामले नेपाल संसार भर चिनिन्छ । हामी जुन जुन बौद्ध देशहरूमा पुग्दछौ, त्यहाँ बुद्ध जन्मेको देश नेपालका मानिसहरू भनेर हाम्रो अत्यन्तै श्रद्धा, मान-सम्मान गर्ने गर्दछन । त्यतिखेर हामीलाई भगवान बुद्ध र बौद्ध धर्म प्रति श्रद्धा जाग्दछ । बुद्ध जन्मस्थान मातृभूमि आफ्नो देश नेपालप्रति गर्व र गौरवको अनुभूति हुन्छ । बौद्ध देशका हामी बहुसंख्यक सर्बसाधरण नेपालीहरूलाई भगवान बुद्ध र बौद्ध धर्म वारेमा त्यति धेरै जानकारी छैन । शिक्षा, चेतना र यथार्थ ज्ञानको कमी छ । यहाँ बुद्ध धर्म के हो ? बौद्ध को हुन ? यस वारेमा सामान्य चर्चा गरिएको छ ।

बुद्ध धर्म के हो ?

आज भन्दा २६५९ वर्ष पहिले (ई.पू.५६३) नेपालको लुम्बिनी अंचल कपिलवस्तुमा भगवान बुद्ध जन्मिनु भएको थियो । उहाँले २९ वर्षको उमेरमा राजकाज, श्रीसम्पति, सुखभोग ऐश आराम, सपरिवार छाडेर समस्त प्राणी जगत तथा मानव कल्याणहेतु गृहत्याग गर्नु भयो। ६ वर्षसम्मको दुस्कर तपस्या र ध्यान पश्चात बोधिज्ञान लाभ गर्नुभयो । प्राप्त ज्ञान लाई ४५ वर्षसम्म बिभिन्न स्थानहरूमा डुलेर बोधि धर्मको प्रचार गर्नुभयो । धर्मप्रचारको क्रममा ८० वर्षको उमेरमा भारतको कुसिनारामा उहाँले निवार्ण प्राप्त गर्नुभयो । शाक्यमुनि भगवान गौतम बुद्धले प्रतिपादन गर्नु भएको, प्रचार-प्रसार गर्नु भएको बुद्ध ज्ञान र सिद्धान्तलाई हामी बुद्ध धर्म दर्शन भनेर चिन्दछौं, जान्दछौ । बुद्ध धर्म भन्ने बित्तिकै त्रिरत्न (बुद्ध, धर्म र संघ), चर्तु आर्य सत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद (कार्य कारणको सिद्धान्त), शील, समाधि, प्रज्ञा, काय, वाक, चित्त शुद्धिकरण, अनिश्वर, अनात्मा, अहिंसा, करुणा, मैत्रीभावना, शान्ति तथा मानव सम्बृद्धि, ज्ञान शिक्षा र आचरण आदि बुद्ध धर्म हुन । यो भक्तिमार्ग भन्दा बढी ध्यान र ज्ञान, अझ मानव कल्याण मार्ग हो। समस्त मानव तथा प्राणी जगत हित र कल्याण, “बहुजन हिताय बहुजन सुखाय” मानवतावादी लोकधर्म दर्शन हो।
हाम्रो नेपाली समाजमा बुद्ध धर्मलाई सर्वसाधरणले कित गहन रूपमा बुझेको छैन यात बुझ्ने प्रयास गरिएको छैन । दार्शनिक र सैद्धान्तिक रूपमा बुद्ध धर्मको ब्याख्या बिबेचना गर्ने हो भने यस धर्मका ४ महत्वपूर्ण सिद्धान्तहरू रहेको हामी पाउँदछौ।

(१) बुद्ध धर्म ब्रह्माण्ड सृष्टिकर्ता अर्थात कुनै परम ईश्वरलाई मान्दैन । यो अनीश्वरवादी दर्शन हो ।
(२) कुनैपनि नित्य आत्मालाई स्वीकार गर्दैन । यो अनित्य र अनात्मावादी दर्शन हो।
(३) यसले सबै धर्म ग्रन्थलाई स्वत प्रमाण मान्दैन । ठिक बेठिक विज्ञानको कसीमा राखेर हेर्छ।
(४) भौतिक जीवन प्रवाह लाई एक जन्मसम्मका लागि मात्र सीमित मान्दैन । पुनर्जन्म सम्मको समेत अध्ययन गर्दछ ।
बुद्ध धर्मका केही महत्वपूर्ण बिशेषताहरू रहेका छन । जुन यसप्रकार अध्ययन गर्न सकिन्छ ।

  • यो धर्म बैज्ञानिक ब्याख्यामा आधारित छ ।
  • प्रतीत्यसमुत्पाद (कार्य-कारण) को सिद्धान्त वैज्ञानिक छ ।
  • यो धर्म दया, माया, करुणा र मानवतामा आधारित छ।
  • यसले मानिसको कर्ममा जोड दिन्छ ।
  • कर्म अनुसार फल प्राप्त हुने र पुर्नजन्म विश्वास गर्दछ ।
  • बुद्ध धर्मले मानिसलाई निवार्णको मार्गमा डोर्याउँदछ ।
  • यज्ञ र वलिमा विश्वास गर्दैन ।
  • यसले मध्यमार्गी बाटो अबलम्बन गर्दछ ।
  • अरु धर्म संस्कृति प्रति समभाव र सकारात्मक दृष्टि राख्दछ।
  • यसले छुवाछुत, वर्ण र जातिवादमा विश्वास राख्दैन।
  • त्रिपिटक बौद्ध धर्म ग्रन्थ हो । याहाँ ८४ हजार धर्मस्कन्धहरू
  • रहेका छन।
  • यसका तीन सम्प्रदायहरू : थेरवाद, महायान र बज्रयान रहेका छन।
  • यो धर्म अष्टांगिक मार्ग, चार आर्य सत्य र पंचशीलमा आधारित रहेको छ।
  • यस धर्मले बिभिन्न मेला, पर्व र संस्कार अबलम्बन गर्दछ।
  • बुद्ध धर्म महिला मैत्री धर्म भएकाले महिलाहरूको सामाजिक अबस्था राम्रो छ।

बौद्ध को हुन ?

बौद्ध को हुन ? को होइनन् ? कसलाई बौद्ध भन्ने ? बौद्ध ती ब्यक्ति हुन जसले भगवान बुद्धको चार आर्य सत्यलाई मनन् गर्दछन् । पंचशील पालन गर्दछन् । वैज्ञानिक चिन्तन र यथार्थ दर्शन युक्त संसारका सबै सत्य प्राणी कल्याणहेतु दुःखीहरू माथि दया करुणा राखी शान्तिका लागि प्रयत्नशील रहने सबै मानिसहरू बौद्ध हुन । जो बुद्ध र बौद्ध धर्म प्रति श्रद्धा र सकारात्मक सम्भाव राख्दछन । बुद्ध ज्ञान लिन्छन । शील पालना गर्दछन् । धर्म दर्शनको चिन्तन, मनन र बौद्ध संस्कृति अभ्यास अबलम्बन गर्दछन । त्यसैमा दत्तचित्त हुन्छन । तिनै ब्यक्तिलाई हामी बौद्ध भनेर चिन्दछौ ।

भगवान बुद्धले ६ वर्षको दुष्कर तपस्या पश्चात बोधि ज्ञान लाभ गर्नुभयो । उहाँले आफ्ना सहयोगी भिक्षुहरुलाई सारनाथमा जम्मा गरेर प्रथम धर्मोपदेश दिँदै भन्नु भएको छ- “भिक्षु हरु हो ! वहुजन हितका लागि, वहुजन सुखका लागि, विश्वमाथि दयाको लागि, देव र मनुस्यहरूको हित, सुख र कामको लागि (धर्म) संचार गर ।” जसले भगवान बुद्धका दिव्योपदेशहरू शिक्षा, ज्ञान, उपदेश र दर्शनलाई जनजनमा चेतना संचार गर्दछन । बुद्धवाणी ज्ञान फैलाउँदछन, समाजलाई पुर्नजागरण गर्दछन । बास्तबमा त्यही व्यक्ति बौद्ध हुन योग्य हुन्छ । बुद्धको जीवनी सिद्धान्त घोकेर सुनाएर, पुस्तक वा पत्रपत्रिकाहरूमा लेख रचना लेखन वा कर्मकाण्ड गर्दैमा बौद्ध भइँदैन । एक असल बौद्ध हुनका लागि बौद्ध धर्मको शील आचरण पालना
गर्नुपर्दछ । बौद्ध धर्म का आधारभूत सिद्धान्तहरू बुझेर यसको परिपालन गर्न आबश्यक हुन्छ ।

मानिस ३ प्रकारले बौद्ध बन्न सक्दछन ।

(१) श्रद्धायिक : आफु भित्र श्रद्धा बिकसित गरेर ।

(२) विर्याधिक : निरन्तर प्रयत्न गरेर ।

(३) प्रज्ञायिक : प्रज्ञा बिकसित गरेर ।

बुद्ध ज्ञान प्राप्त गर्ने अनेकौ बाटाहरू छन । बौद्ध विद्धान, भिक्षु आचार्य तथा ज्ञानी, असल र राम्रा चरित्रका व्यक्तिहरूको सतसंगत गर्नाले । बुद्धज्ञान गुनका जीवनपयोगी कुराहरू सुन्नाले । पढ्नाले र अध्ययन अभ्यास गर्नाले । स्वयम्मा यथार्थ ज्ञानको बिचार गर्नाले । शील धर्म अनुसार चल्नाले यस्तो किसिमको बुद्धज्ञान प्राप्त गर्न सकिन्छ ।

बुद्ध धर्ममा जीवनका ३ वटा असल मार्गहरू उपलब्ध छन ।
(१) ज्ञान मार्ग : साहित्य, दर्शन र शिक्षा आर्जन गर्ने मार्ग।
(२) ज्ञान मार्ग : योग, साधना र तपस्याद्धारा जीवनको रहस्य बोध गर्ने मार्ग हो।
(३) भक्ति मार्ग : संस्कार-संस्कृति, पुजा स्तुति र आराधनाद्वारा आध्यात्मिक आनन्द, चेतना र शान्ति प्राप्त गर्ने करुणा जगाउने मार्ग हो।

यीनै बौद्धहरूले प्राप्त गर्ने लाभ, आनन्द अनि जीवन सौन्दर्य चेतना हो । निवार्णमा पुग्ने मार्ग पनि हो। बौद्ध भन्नाले भिक्षु, भिक्षुणी र उपासक, उपासिकाहरु एक रथका चार पाँग्राहरू हुन भन्ने कुरा बुझिन्छ । भिक्षु, भिक्षुणीहरू गृहत्यागी विहार जीवन बिताउँदछन । उपासक उपासिकाहरू गृहस्थ जीवनमै रहेर पनि बौद्ध ज्ञानको अभ्यास, धर्मलाभ गरिरहेका हुन्छन । उनीहरूको धर्म : अहिंसा, करुणा र मानव सेवा अनि निवार्णको मार्गमा पुग्ने प्रयत्नशीलता हुन्छ । त्यस्तै विहार वा गुम्बामा रहेका भिक्षु वा लामाहरूको श्रद्धा र दर्शन सेवा सहयोग गर्नु । होसियारीकासाथ धर्म श्रवण गर्नु। पंचशील पालन गर्नु । धर्मप्रीत श्रद्धावान हुनु । धर्मगुरु भिक्षु तथा लामाहरूलाई अनावश्यक दोष नदिनु । अर्काको दोष नखोज्नु । बुद्ध र धर्म भन्दा बाहिर अन्यको सरणमा नपर्नु । विशुद्ध भावले दान दिनु । सँधै मीठे वचन बोल्नु । सबैको हित कल्याण हुने परोपकारी काम गर्नु । अभिमान नराख्नु र सबैसँग मित्रता र समानताको व्यवहार गर्नु आदि एक बौद्ध नागरिकले गर्नु पर्ने शील र परम कर्तव्य पनि हो ।

भवतु सब्बमंगलम्।

साभार: टि. बि. पुन मगर
स्रोत: धर्म चक्षु

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

बुद्ध जयन्तीको सान्दर्भिकता

 वैशाख पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा विश्व मानव इतिहासमा एक विशेष घट्ना घटेको दिन हो । इतिहासले एक महामानव, एक महापुरूष तथा मानव...

बुद्ध धर्म के हो ? बौद्ध को हुन् ?

भगवान बुद्ध जन्मेको सुन्दर देश हो नेपाल । बौद्ध देशको नामले नेपाल संसार भर चिनिन्छ । हामी जुन जुन बौद्ध देशहरूमा पुग्दछौ,...

खेमा र बुद्ध

मगधका राजा बिम्बिसारकी कान्छी महारानी हुन् खेमा। भनिरहनु पर्दैन कि राजा बिम्बिसार र बुद्धको मित्रता जीवनपर्यन्त...

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

अन्य गतिविधि