बुद्ध जयन्तीको सान्दर्भिकता

 वैशाख पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा विश्व मानव इतिहासमा एक विशेष घट्ना घटेको दिन हो । इतिहासले एक महामानव, एक महापुरूष तथा मानव मुक्तिको एक महान पथ प्रदर्शक जन्माएको दिन हो । यही पावन दिनमा विश्व शान्तिका महानायक सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो भने यही दिनमा उहाँले भारतको बुद्धगया बोधिज्ञान लाभ प्राप्त गरी भारतकै कुशीनगरमा महापरिनिर्वाण हुनुभएको थियो । त्यसैले यस दिनलाई भगवान् बुद्धको जन्म, बोधिज्ञान लाभ र महापरिनिर्वाणकाे त्रि-संयोग पवित्र दिवसका रूपमा लिने गरिन्छ । विगतका वर्षहरूमा जस्तै अहिले पनि उक्त दिनलाई २५६४ औं बुद्ध जयन्तीका रूपमा विश्वभरि मनाउन लागिएको समाचारहरू प्राप्त भएका छन् । संयुक्त राष्ट्रसंघले समेत बुद्ध पूर्णिमाको महत्वलाई अनुसरण गरेर उक्त दिन सार्वजनिक बिदासहित आफ्ना केन्द्रिय र क्षेत्रीय कार्यालयहरूमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउन थालेको छ ।

 वैशाख पूर्णिमा जस्तो पावन र पवित्र घडिमा भगवान बुद्धको अनुकम्पा सहिष्णुता, प्रेम, सद्भाव र अहिंसाको सन्देश प्रवाह र विनाशको नियम, वर्तमान अशांत र भ्रमपूर्ण अवस्थामा विगतको तुलनामा अहिले झन् अत्यावश्यक देखिएको छ । बुद्ध सिद्धान्त र उपदेशमा आधारित शिक्षा, उद्देश्य, शील र सन्देशलाई शान्ति र अहिंसाका अनुगामी विश्व समाजले अवलम्वन गर्न सके वर्तमानको भयभित परिवेशलाई शान्ति र सुखको मार्गमा रूपान्तरित गर्न सकिन्छ । शान्तिनायक तथागत शाश्ताले देखाउनु भएको मध्यम मार्ग लाई प्रतिपालन गर्ने हो भने वर्तमान जीवनमै सुख र शान्तिकाे साक्षात्कार गरेर निर्वाणको बाटोमा पुग्न सकिन्छ । त्यसका लागि बुद्ध जन्मभूमि राष्ट्र नेपालले बुद्ध शिक्षा प्रचारप्रसार गर्न र विश्वलाई शान्तिको मार्ग देखाउन दीर्घकालीन योजना सहितका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।

अहिलेको सन्दर्भमा बुद्ध जयन्तीेकाे सन्देश मानवता, शान्ति र अहिंसाकै विषयमा केन्द्रित हुनुपर्छ। जुन कुरालाई बुद्ध स्वयम्ले जोड दिनुभएको थियो। व्यवहारिक जीवनलाई सुख र आनन्दित तुल्याउने, मानवीय सम्बन्ध र सम्पर्कलाई सुमधुर बनाउने तथा भावनामा एकरूपता ल्याउने प्रयत्न गर्नु नै बुद्ध दर्शनको उपादेयता हो । वर्तमान आधुनिक समय र परिस्थिति अनुसार बुद्ध दर्शन अमुर्त सैद्धान्तिक छलफलका लागि होइन सहज र सरस रूपमा बोध गराउने अभ्यासका लागि हुनुपर्छ । केही विहार, गुम्बा र मन्दिरको सिमित घेराबाट बाहिर निकालेर बुद्ध शिक्षा र धर्मलाई व्यापक जनताको बिचमा पुर्याउनु पर्दछ । भगवान् बुद्धले सिकाउनु भएको मैत्री, करूणा, मुदिता, उपेक्षा, शील, प्रज्ञा र भावनाको अमूल्य शिक्षालाई सर्वसाधारणको घर, दैलो र आँगनमा पुर्याउने प्रयत्नमा विहार, गुम्बा, भिक्षु, भिक्षुणी र बुद्ध अनुयायीहरूले तत्परता देखाउनु पर्दछ । यसो हुन सक्यो भने मात्रै हामीले मनाउँदै आएको बुद्ध जयन्तीको सान्दर्भिकता पुष्टी हुन सक्ला । औपचारिकता पूरा गर्ने र परम्परालाई निरन्तरता दिनका लागि मात्र बुद्ध जयन्ती मनाउने संस्कारको परित्याग गरेर बुद्ध जयन्तीको सान्दर्भिकता पुष्टी गर्ने तर्फ लाग्नु अपरिहार्य देखिन्छ ।

स्रोत: सम्यक सन्देश

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

बुद्ध जयन्तीको सान्दर्भिकता

 वैशाख पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा विश्व मानव इतिहासमा एक विशेष घट्ना घटेको दिन हो । इतिहासले एक महामानव, एक महापुरूष तथा मानव...

बुद्ध धर्म के हो ? बौद्ध को हुन् ?

भगवान बुद्ध जन्मेको सुन्दर देश हो नेपाल । बौद्ध देशको नामले नेपाल संसार भर चिनिन्छ । हामी जुन जुन बौद्ध देशहरूमा पुग्दछौ,...

खेमा र बुद्ध

मगधका राजा बिम्बिसारकी कान्छी महारानी हुन् खेमा। भनिरहनु पर्दैन कि राजा बिम्बिसार र बुद्धको मित्रता जीवनपर्यन्त...

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

अन्य गतिविधि